अचार बनाउने तालिम

पोखरा ।
पोखरा महानगरपालिका वडा नं ८ ले वडाभित्रका २५ महिलालाई अचार बनाउने तालिम दिइएको छ । महिलालाई व्यवसायिक र स्वरोजगार बनाउने उद्देश्यले तालिम आयोजना गरिएको हो ।
आइतबार सुरु भएको तालिम मंगलबार वडाध्यक्ष रुद्रनाथ बरालले समापन गरे । उनले तालिमले स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका खेल्ने दाबी गरे । उनले भने, ‘विगतमा पनि हामीले कौसी खेती लगायतका थुप्रै तालिम आयोजना गरेका थियौँ, ती तालिम निकै प्रभावकारी भए, अचार बनाउने तालिम पनि निकै प्रभावकारी हुन्छ भन्नेमा ढुक्क छौँ ।’
उनले तालिममा सिकेका सीप व्यवहारमा पनि लागू गर्न उनले आग्रह गरे । बरालले तालिममा सहभागीले आआफ्ना टोलमा प्रशिक्षकको भूमिकामा सबैलाई सिकाउनुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा वडा सदस्यद्वय लक्ष्मी विक र गोविन्द बरालले तालिम महिलाका लागि निकै प्रभावकारी हुने बताए । प्रशिक्षार्थी अञ्जु चालिसे र सपना कुँवरले तालिमले आफूहरुको क्षमता बढाउनुका साथै एउटा सीप थपिदिएको बताए ।
तालिमा सहभागीलाई सोनल बोगटीले प्रशिक्षण दिएकी थिइन् । कार्यक्रम सञ्चालन वडा सचिव झम्कनाथ पौडेलले गरेका थिए ।









गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
विकट गाउँमा रेन्बो ट्राउटपालन गर्दै पूर्वप्रहरी विकास
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया