सात वर्षीया भूमिलक्ष्मीको कृति सार्वजनिक

समाधान संवाददाता २०८१ फागुन १६ गते ११:५९

पोखरा ।
सात वर्षीया भूमिलक्ष्मी पराजुलीको पुस्तक बिहीबार पोखरामा सार्वजनिक भएको छ । पोखरामा सुरू भएको नेपाल लिटरेचर फेस्टिभलमा पराजुलीले सिर्जना गरेको ‘मर्मेड, व्हेल एन्ड प्रिन्सेस’ पुस्तक सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक गरे ।

Advertisement


कक्षा २ मा पढ्ने पराजुलीले अघिल्लो सालको दशैँ बिदामा यो कथा लेखेकी थिइन् । उनले कथासँगै बनाएका चित्र पनि पुस्तकमा छन् । चित्र र कथा पढ्न रुचाउने उनले यसअघि पनि कथा लेखेकी छन् । उनले साथीहरुलाई असल कुरा भन्न कथा लेखेको उल्लेख गरिन् ।


उनले भनिन्, ‘मेरो पुस्तकका कथाले अरुलाई माया गर्न भन्छन्, नहेप्न भन्छन् । असल मान्छे बन्न सघाउँछन् भन्ने आशा छ ।’

तपाईको प्रतिक्रिया