प्रदेशलाई स्केप गोट बनाउन खोजियो : गगन थापा

समाधान संवाददाता २०८१ फागुन १६ गते १५:२३

पोखरा ।

रोजगारी र शिक्षाका लागि विदेशी युवाको भीड दैनिक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल देखिन्छ । आर्थिक वर्ष २०८०/८१ सालमा ७ लाख ४१ हजार युवा रोजगारीका लागि विदेश गएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाउँछ । नेपालीहरु वैदेशिक रोजगारीमा सबैभन्दा बढी यूएई जान्छन् ।

पछिल्लो समय यूरापेली देशमा पनि नेपालीले आफनो गन्तव्य रोज्न थालेका छन् । वेरोजगारी, विदेश पलायन, राजनीतिक अस्थिरताको प्रभाव समाजमा प्रत्यक्ष परिरहेको छ । समाजमा देखिएको निराशा पछिल्लो समय सडकमा अराजकतामा परिणत हुँदै देखिनपनि थालिएको छ । समाजमा देखिएको निराशाको कारण के ? समाजमा आशालाग्दा विषय नभएका हुन् ? यही विषय पोखरामा भइरहेको १२ औँ एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभलमा अन्तरसंवाद भयो ।

Advertisement

सरकारले निराशा चिर्न परिणाममुखी काम गर्न सक्नु अहिलेको कमजोरी रहेको नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बताए । फेस्टिभलमा भइरहेको निराशा : व्याख्या र वास्तविकता सत्रमा वक्ता रुपमा बोल्दै थापाले सरकारमा सेन्स अफ अर्जेन्सी नभएको विचार राखे ।

‘निराशालाई चिर्नका लागि एक्सन र रिजल्टबाट हुनुपर्ने कुराहरुमा मजाले मस्ती छ मसँग संख्या छ दुईतीहाई छ भनेको जस्तो जून चाहिँ ढुक्क देखिन्छ । सेन्स अफ अर्जेन्सी देखिदैन,’ गगनले भने ।

Advertisement

सहजकर्ता तथा पत्रकार उमेश चौहानको प्रश्नको जवाफ दिँदै सत्रमा आएर आफूले प्रश्न गरिरहँदा सरकारको कमिकमजोरीबाट आफूपनि भाग्न नमिल्ने गगनको भनाइ थियो ।

‘त्यो नदेख्दै गर्दा मेरो पनि प्रश्न नै प्रश्न छ तर यसको अर्थ मैले यहाँ प्रश्न गरे यो गरे भन्ने होइन म सरकार सञ्चाल गर्ने जिम्मेवार ठाउँमा भएकाले मेरो संलग्नता भए पनि नभएपनि यसभित्र भएका कमीकमजोरी बाट म भाग्न हुँदैन भाग्दिनँ, यसको सबै दोष पनि मैले यहाँबाट भोगेर जानुपर्छ,’गगनले भने ।

निराशाकै बिचमा आशा रहेको टिच फर नेपाल फेलोसिपकी सहसंस्थापक एवं प्रमुख कार्यकारी अधिकृत स्वास्तिका श्रेष्ठले भनिन् ।

‘चूनौती छैन भन्ने खोजेको पनि होइन फेरि आशा भनेको एकदमै अन्धो आशा भन्न खोजेको पनि होइन समूदायमा आशापनि छ निराशा पनि छ । आशालाग्दा कुरापनि छ अप्ठ्यारो पनि छन् । तर हाम्रो प्राथमिकता के हुन्छ भने यो कसको जिम्मेवारी हो,’ स्वास्तिाकाले भनिन् ।

सत्रमा वक्ताका रुपमा बोल्दै राजनीतिशास्त्रमा विद्यावारिधि गरेकासोसल साइन्स बहाःका सह–निर्देशक जीवन बानियाँले नेपालमा मात्र निराशा रहेको देश नभएको सुनाए । तर, निराशाको विन्दु र तत्वहरु मुख्य रहेको उनको भनाइ थियो ।

‘नेपालमात्र त्यस्तो देश होइन जहाँ निराशा छ । त्यही कुरा हो कि अलिकति निराशाको रेट कति छ ? कारक तत्वहरु के हो ? भन्ने कुरामा चाहिँ फरक हुनसक्छ । नेपालको सन्दर्भमा प्रमुख कारणहरु देखिन्छ । पहिलो कुरा भनेको रोजगारी, दोस्रो हाम्रो राजीनित यीनलाई विभिन्न अध्ययनहरुले पनि त्यही नै देखाइरहेको छ,’जीवनले भने ।

अस्थिर राजनीति र शासन व्यवस्थाले पनि समाजमा सोही खाल्को प्रभाव पर्ने उनले विचार राखे । यस्तै नेपालले कुनैपनि क्षेत्रमा राम्रो काम गर्न सकिरहेको विचार गलत रहेको सुनाए । विभिन्न क्षेत्रमा गरिरहेको काम आशा लाग्दो रहेको उनको भनाइ थियो ।

‘केही नभएको भने होइन । अहिले स्वास्थ्य सेवामा, धेरै राम्रो गरेको छ । आइटी, हाइड्रोमा राम्रो काम गरिरहेका छौँ,’उनले भने ।

यस्तै दर्शकबाट वक्ताहरु छवि सुबेदीले प्रश्न गर्दै भने,‘नेपाली जनता किन विदेशीन थाले ? नेपाली विद्यार्थी जगतले देश किन छोड्यो ? यसको चिन्ता खै माननीय गगन ज्यू तपाईँ युवा भनेर देशका जनताले आशा गरेका हुन् ?’ त्यसै क्रममा अर्का दर्शकले गगनलाई प्रदेशप्रति निराशा भइरहेको प्रश्न गरेका थिए ।

‘दलले बहुमत ल्याउनु सक्दैन भन्ने कुरामा सुधार गर्नुपर्छ । अर्को कुरा प्रदेशमा अधिकार आउनुपथ्र्यो । प्रदेश बलियो हुनुपथ्र्यो यति दुख गरेर ल्याएको व्यवस्थामा यो प्रदेश माथि यति धेरै आक्रमण भइरहेछ । केन्द्रको अधिकार प्रदेशमा ल्याउन कुरा मतलब नै गरे छैन प्रदेश प्रति निराशा भइरहेको छ,’तीनले भने ।

यसको जवाफ दिँदै थापाले प्रदेशलई स्केप गोट बनाउन खोजेको उत्तर दिए ।‘हामीले संघले प्रदेशलाई दिनुपर्ने अधिकार केहीपनि नदिइकन संघीयताको सही अभ्यास नगरिकन फेरिक एउटा स्केप गोट प्रदेशलाई बनाउन खोजिरहेका छौँ,’गगनले उत्तर दिए ।

तपाईको प्रतिक्रिया