पोखराबाटै भारतीय गाडीको अस्थायी भन्सार तिर्न सकिने

पोखरा ।
भन्सार एजेन्ट संघ कास्कीको शुक्रबार नयाँ कार्यसमिति गठन भएको छ । कार्यसमितिको अधक्ष्यमा सुमन तिमिलसिना, वरिष्ठ उपाधक्षमा सागर भण्डारी, उपाधक्षमा डिआर लामिछाने, सचिवमा सुवास ढकाल र कोषाधक्षमा सुर्य बहादुर थापा छन् ।
समितिको सदस्यमा सुजाता अधिकारी, सुवास लम्साल, बुद्ध तामाङ, अनिसा श्रेष्ठ रहेका छन् । भन्सार एजेन्ट महासंघका अधक्ष्य प्राचिन कुमार थैव र विभिन्न स्थानीय नाकाका भन्सार एजेन्टहरुको उपस्थिति थियो ।
कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल मा कार्गो सहितको भन्सार सुचारु हुन पर्नेमा जोड थियो । भन्सार एजेन्ट संघ कास्कीका अधक्ष्य सुमन तिमिल्सिनाले कास्कीका व्यवसायीमा भन्सार सम्बन्धी ज्ञान अभिवृद्धि गर्नुपर्ने र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चलायमान गराउन विभिन्न कार्यक्रम आवश्यक रहेकाे बताए ।
वरिष्ठ उपाधक्ष सागर भण्डारीले भारतीय पर्यटकले लिएर आएकाे गाडीकाे म्याद सकिने लागेमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट नै म्याद थप्न सकिने बताए । पोखरा बाटै भारतीय गाडीको म्याद थप्न सकिने भएकाले पर्यटकहरु धेरै दिन पोखरामा बस्न सक्ने तथा तराईका भन्सार नाका धाउनुपर्ने बाध्यता हटेकाे उनकाे भनाइ छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत डिल्लीराम सुवेदीले भन्सारबाट हुने सेवालाई प्रभावकारी बनाउन सहजिकरण गर्ने बताए । उपाधक्ष डिआर लामिछानेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयलाई सक्रिय बनाउनुपर्ने तथा भन्सार कार्यालयलाई थप व्यवस्थित बनाउनुपर्नेमा जोड दिए ।
भन्सार एजेन्ट संघ कास्कीका महासचिव सुवास ढकालले सबै मिलेर लागेमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई राम्राे बनाउन सकिने बताए । विमानस्थलमा भन्सार कार्यालय सुचारु भएसँगै कास्कीमा आर्थिक गतिविधी बढ्ने उनकाे भनाइ छ ।
कोषाधक्ष सूर्यबहादुर थापा, संघका महासचिव भोलानाथ अर्यालले सबै मिलेर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चलाउनलाई राज्यका विभिन्न निकायलाई घच्घचाउन आवश्यकता रहेको औंल्याए ।









ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया