अन्नपूर्ण क्लिनिकलमा सुलभ फार्मेसी सेवा

पोखरा ।
पोखरा महानगरपालिका–१३ मियाँपाटनमा रहेको अन्नपूर्ण क्लिनिकल प्रालिले सुलभ फार्मेसी सेवा सञ्चालनमा ल्याएको छ । कम मूल्यमा गुणस्तरीय औषधी तथा उपचार प्रदान गर्ने उद्देश्यले सुरु गरिएको सञ्चालक हीरामणी न्यौपानेले बताए ।
फार्मेसीमा ग्राहकलाई औषधिमा १३ प्रतिशत छुट तथा सम्पूर्ण उपचार खर्चमा २० प्रतिशतसम्म छुट प्रदान गरिने न्यौपानेले जानकारी दिए । महंगो मूल्यमा औषधी किन्नुपर्ने बाध्यता हट्ने साथै बिरामीलाई राहत पुग्ने उनले विश्वास व्यक्त गरे ।
पोखरा १३ को सहयोगमा परिवार नियोजनको अभियानलाई प्रवद्र्धन गर्ने उद्देश्यले तीन महिने ‘सँगीनी सुई’ निःशुल्क उपलब्ध गराइने उनको भनाइ छ ।
‘हरेक ठाउँमा सुलभ फार्मेसी हुनुपर्छ । यसका लागी सरकारको सहयोग पनि आवश्यक पर्छ । नाफामा ध्यान दिने होइन सेवामा ध्यान दिनुपर्छ । औषधी किन्न नसकेर कसैले ज्यान गुमाउन नपरोस् भन्ने हाम्रो सोच छ,’ उनले भने ।
पोखरा–१२ का वडा अध्यक्ष सन्तोष बास्तोलाले शुभकामना व्यक्त गर्दै यस्ता सेवा प्रवद्र्धन गर्न आवश्यक रहेको बताए । यसबाट गुणस्तरीय औषधि र स्वास्थ्य सेवामा पहुँच बढ्ने उनको भनाइ छ । कार्यक्रममा पोखरा–१३ का वडाध्यक्ष किरण बरालको उपस्थिति थियो ।
तपाईको प्रतिक्रिया