राधाकृष्ण सांस्कृतिक समूहलाई पुरस्कार

पोखरा ।
लोककवि अली मियाँको १०७ औँ जन्मजयन्तीको अवसरमा राधाकृष्ण सांस्कृतिक समूहलाई पुरस्कृत गरिएको छ । कास्कीको लामेआहालमा रहेको सांस्कृतिक समूहले लोक भजन संरक्षण तथा विकासमा पुर्याएको योगदान स्वरुप अली मियाँ लोकवाङ्मय प्रतिष्ठान अली मियाँ प्रोत्साहन पुरस्कार प्रदान गरेको हो ।
समूहलाई नगद २० हजार, सम्मानपत्र र दोसल्लासहित प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँले सम्मान गरे । धार्मिक सद्भाव कायम गर्नुपर्छ भन्ने मान्यता राख्ने कवि मियाँको जन्मोेत्सव मनाउने क्रममा बिहीबार पोखरा स्थित भानु पार्कमा वृक्षरोपण गरिएको थियो । अध्यक्ष मियाँले लोककविको योगदानलाई अमर बनाउँदै लोकसर्जकहरुलाई प्रोत्साहन गर्न प्रतिष्ठान लागिपरेको उल्लेख गरे ।
कार्यक्रममा प्राडा कुसुमाकर न्यौपाने, प्राज्ञ हरिदेवी कोइराला, पोखरा प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति पद्मराज ढकाल, स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष कृष्णप्रसाद बास्तोला, पाल्पा साहित्य समाजका अध्यक्ष पुष्कर रेग्मी लगायतले बोलेका थिए ।
सम्मानित बनेपछि राधाकृष्ण सांस्कृतिक समूहका अध्यक्ष सञ्जयराज ढकालले लोककवि अलि मियाँका नामबाट प्राप्त सम्मानले समूहलाई थप जिम्मेवार र उत्साहित बनाएको उल्लेख गरे ।








६० सहसचिवको सरुवा, गण्डकीमा ५ सचिव आउँदा २ जना बाहिरिए
सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया