चर्चामा ‘अनुदानमा सिर्जनाको स्वतन्त्रता’

पोखरा ।
नेपाली कलाकर्मी र साहित्यकार पछिल्लो समय ‘अनुदान’ को विषयमा आलोचित भइरहेका छन् । खासगरी दातृ निकायबाट अनुदान लिएर उनीहरुको उदेश्य अनुरुपका फिल्म र पुस्तक लेखेको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।
के उनीहरुले अनुदान लिएर दातृ निकायको स्वार्थ अनुरुप काम गरेंका हुन् ? आइतबार पोखरामा ‘अनुदानमा सिर्जनाको स्वतन्त्रता’ बारे चर्चा भयो । पत्रकार देवेन्द्र भट्टराईले लेखक खगेन्द्र संग्रौला, निर्देशक मीन भाम, कवि सुमिना र नेपाली मुलकी लेखक मञ्जुश्री थापासँग प्रश्नोत्तर गरे । सामाजिक सञ्जालमा भइरहेको रोइलो जस्तो अनुदानले लेखनमा प्रभाव नपार्ने १२ औं संस्करणको एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभलमा भएको प्रश्नोत्तरले निष्कर्ष निकालेको छ ।
लेखक संग्रौलाले आफूलाई लगाइएको आरोपमा सत्यता नभएको दाबी गरे । ‘आरोपहरु धेरै समय लागेको हो । आरोप लगाउनेहरुले मलाई सधैं भारु दिइरहें !’, उनले व्यंग्य हान्दै भने, ‘मलाई ज–जस्ले आरोप लगाइरहेका छन्, त्यो डलर बाटोमा आउदै होला । आयो भने मलाई राम्रो हुन्छ अर्को किताब लेख्न हुन्छ !’
कवितामा आफूले अधिकारका विषय उठान गर्दा आफूमाथि अनाहकमा दानापानीको लाञ्छना लगाइएको सुमिनाले बताइन् । ‘महिला अधिकारका कुरा र परम्परागत मान्यतासँग असहमति राख्दै महिलाको कोणबाट केही विचारहरु लेखेको छु । त्यो कारणले गर्दा अधिकारको कुरासँग भड्किएकाले लगाएको आरोप हो मलाई लाग्छ’, उनी भन्छिन्, ‘आरोप लगाउनेहरु को हुन्, उनीहरुको उदेश्य के हो ? स्पष्ट भएकाले त्यति धेरै असर परेको छैन ।’ लेखक र कलाकर्मीमाथि भएको आक्रमणलाई सामाजिक सञ्जालको दुुरुपयोगले निम्त्याएको अराजकताको संज्ञा दिन्छिन् उनी ।
नेपाल गोजीको पैसा दाउमा लगाएर कला, साहित्यमा लगानी गर्ने तेस्रो मुलुक भएको निर्देशक भामले बताए । ‘अपवादबाहेक हामीले निर्माण गर्ने चलचित्र वा अरु कलाको माध्यममा जहाँ मान्छेले गोजीको पैसा ताउमा लगाएर सिर्जनामा लाग्नुपर्छ’, उनले दाबी गरे । राज्य र सार्वजनिक क्षेत्रको लगानी नभएको उनको भनाइ छ ।
क्यानेडमा बस्दै आएकी नेपाली मुलकी लेखक थापाले साहित्यलाई लेखनको अमेरिकी बजारले प्रभाव पारेपछि क्यानेडामा ढुक्लले लेख्न सकुनँ भनेर अनुदान दिन थालिएको स्मरण गरिन् । ‘क्यानेडा काउन्सिल फर द आर्टस्’ भन्नेछ, त्यसले वर्षमा तीन सय मिलियन्स अमेरिकी डलरको अनुदान मात्रै उपलब्ध गराउँदछ । साहित्यकारहरुलाई मात्रै होइन अरु सबै विधाको कलाकार र कलकारका संघहरुलाई’, उनले भनिन् ।
‘राइटर ट्रष्ट’ ले पनि साहित्यलाई मात्रै अनुदान दिने बताउँछिन् । साहित्यकारलाई आनन्दले लेख्नलाई लेखन आवसीय क्षेत्र खडा गरेर वातावरण निर्माण गरिएको उनले सुनाइन् ।
लेखन नेपालको कला साहित्यको क्षेत्रमा सबैभन्दा सस्तो ठानिएको लेखक मञ्जुश्रीको विश्लेषण छ । ‘सबै जनाले के सोच्दा रहेछन् भने साहित्यकारले बसेर लेखनुँ नि । त्यसबाट ममता पाइहाल्छन् नि । साहित्यकारले खानु पनि पर्दैन । घरको बाल पनि तिर्नुपर्दैन’, उनी थप्छिन्, ‘आफ्ना परिवारलाई पनि जतन गर्नुपर्दैन । अरु कुनै बोझ साहित्यकारमा हुदैन । सिर्जनाको शुद्ध क्षेत्र सोचिरहेको जस्तो पाए अहिलेको विवादलाई हेर्दा ।’६ महिना लाग्ला कुनै किताब लेख्नलाई त्यो बेला कसरी बाँच्ने ? घरभाडा कसरी तिर्ने ? यो विषयमा पनि सोच्न उनले आवश्यकता औल्याइन् ।
विदेशमा किताब लेख्ने बेलामा अनुदान दिने संस्थाहरुले कुुनै पनि शर्त नराख्ने उनको भनाइ थियो । उनले जहाँबाट अनुदान पाएका छन् त्यही संस्थालाई आलोचना गर्ने प्रचलन रहेको बताइन् । ‘सरकारबाटै पैसा लिएर त्यही सरकारलाई गाली गर्ने स्वतन्त्रता पाइन्छ । नेपालमा गलत बुझाइ हुन्छ सक्छ । अर्को जानी जानी कुरा व्यंग्याउने प्रचलन देखिन्छ’, उनले भनिन्, ‘जो सत्ताको पारदर्शिता खोजीरहेको हुन्छ उनीहरुलाई मात्रै टार्गेट भइराछ । सामाजिक आन्दोलन होस् या न्यायका लागि आवाज उठाउनेहरुलाई मात्रै टार्गेट भइराछ ।’








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया