युवा प्राथमिक उपचार तालिम

समाधान संवाददाता २०८१ फागुन १८ गते १७:२३

पोखरा ।
नेपाल रेडक्रस सोसाइटी कास्की शाखा जुनियर तथा युवा समितिले आधारभूत प्राथमिक उपचार तालिम आयोजना गरेका छन् । ४ दिनसम्म सञ्चालन हुने तालिममा कास्कीका २४ युवाको सहभागिता छ । तालिममा नवराज भण्डारी, सूर्यप्रसाद तिमिल्सिना, मित्रलाल सुवेदी र लीला देवकोटाले सहजीकरण गरेका छन् ।

Advertisement


प्रतिनिधि सभाका सदस्य दामोदर वैरागी पौडेलले तालिम उद्घाटन गर्दै युवालाई लक्षित गरी प्रदान गरिएको तालिमले टोल समुदायमा हुन सक्ने दुर्घटना जोखिमलाई कम गर्ने बताए । उनले प्राकृतिक प्रकोप तथा सवारी दुर्घटनामा परेका घाइतेले समयमा उपचार पाएमा जीवन रक्षामा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।


नेपाल रेडक्रस सोसाइटी कास्की सभापति डण्डराज शर्मा पौडेलले मानवीय सेवा, विपद् व्यवस्थापनको क्षेत्रमा काम गर्ने रेडक्रसको अभियानमा धेरै युवा जोडिएको जानकारी दिए । रेडक्रस कास्की शाखाका कोषाध्यक्ष सन्तोष अधिकारीले युवालाई प्राथमिक उपचारको अलवा सीपमूलक तालिमलाई वार्षिक कार्यक्रममा समेट्ने जानकारी दिए ।

Advertisement


उनले समुदायमा हुन सक्ने दुर्घटनामा तत्काल प्राथमिक उपचार गरी अस्पतालसम्म पुर्‍याउन सकेमा जोखिममा मानिसको ज्यान जोगाउन सकिने बताए । रेडक्रस सोसाइटी कास्कीका कार्यवहाक मन्त्री रमा कोइरालाले रेडक्रसका सात सिद्वान्त वाचन गरेको कार्यक्रममा रेडक्रस कास्कीका जिल्ला सदस्य एवं जुनियर तथा युवा समितिका संयोजक रमेशराज भण्डारी, जिल्ला सदस्य तथा जुनियर युवा समितिका सचिव बबिता सुवेदी लगायतले आधारभूत प्राथमिक उपचार तालिमको महत्वबारे धारणा राखे ।

Advertisement

तपाईको प्रतिक्रिया