सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन माग

पोखरा ।
निजी तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षक/कर्मचारीले विद्यालयलाई अनिवार्य रुपमा योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन माग गरेका छन् । निजी तथा संस्थागत विद्यालय शिक्षक/कर्मचारी युनियन (प्याब्सु) केन्द्रीय समितिले शनिबार पोखरामा पत्रकार सम्मेलनमा गरी आगामी शैक्षिक सत्रदेखि सामाजिक सुरक्षा कोष लागू गर्न माग गरेको हो ।
प्याब्सुले सुरक्षा कोषसहित विभिन्न ९ बुँदे माग राखेका छन् । उनीहरुले माग पूरा नभए आन्दोलन गर्ने चेतावनीसमेत दिए । समितिका अध्यक्ष शिवलाल उपाध्यायले देशभर रहेका निजी विद्यालयमध्ये १० प्रतिशत विद्यालयमात्र सामाजिक सुरक्षाकोषमा आवद्ध भएको बताए ।
कास्कीमा ५ वटामात्र निजी विद्यालय सामाजिक सुरक्षा कोषमा आवद्ध भएको उनले जानकारी दिए । उपाध्यायका अनुसार प्रत्येक शिक्षक र कर्मचारीलाई तलब नै उल्लेख गरी नियुक्ति पत्र दिनुपर्ने, नेपाल सरकारले तोकेको बिदा उपलब्ध गराउनुपर्ने, शिक्षक, कर्मचारीको तलब, भत्ता, ग्रेड सबै सरकारीसरह गर्न माग गरिएको छ ।
विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीका २सन्तानलाई छात्रवृत्ति व्यवस्था, शिक्षक, कर्मचारीलाई बोलिने भाषा मर्यादित हुनुपर्ने, विना कारण शिक्षक, कर्मचारीलाई हटाउन नपाइने, शिक्षक र कर्मचारीलाई विद्यालयले हटाउन चाहेमा ६ महिनासम्मको सेवा, सुविधा दिनुपर्ने, सामुदायिक विद्यालयका निजी स्रोतका शिक्षकलाईसमेत सामाजिक सुरक्षा कोषमा आवद्ध गराउनुपर्ने पनि उनीहरुका माग छन् । यसअघि पनि मागबारे सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदा कुनै सुनवाइ नभएको उपाध्यायको भनाइ छ ।








पोखरा महोत्सव पुस २९ गतेदेखि हुने
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
राष्ट्रियसभा निर्वाचन : पोखरामा स्थापना भयो निर्वाचन अधिकृतको कार्यालय
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया