१७६ युनिट रगत संकलन

पोखरा ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको १२ स्थापना दिवस अवसरको पूर्व सन्ध्यामा नेपाल सुनचाँदी व्यवसायी महासंघ गण्डकी प्रदेश र सुनचाँदी व्यवसायी संघ कास्कीको संयुक्त आयोजनामा गरेको रक्तदानमा १ सय ७६ युनिट रगत संकलन भएको छ ।
कार्यक्रमाम नेपाल सुनचाँदी व्यवसायी महासंघका विशिष्ट सदस्य मोहनकुमार सुनारले राज्यलाई अप्ठ्यारो परेको बेला व्यवसायीको ठूलो योगदान रहेको जनाउँदै व्यवसायीका कठिनाइमा पनि राज्य साथमा रहनुपर्ने बताए ।
गण्डकी प्रदेश सांसद दिलमाया पौबीले, महासंघका सचिव निर्मल दियाली, व्यवसायी परामर्श समितिका संयोजक दुर्गाबहादुर सुनार, गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका प्रहरी नायब उपरीक्षक कृष्णबहादुर केसी, पोखरा उद्योग वाणिज्य संका वरिष्ठ उपाध्यक्ष उत्तम बुद्धाचार्य, प्रदेश उद्ययोग वाणिज्य संघका काशी गुरुङ, रत्न आभुषण संघका अध्यक्ष भरत विक, जनमुखी बचत तथा ऋण सहकारीका अध्यक्ष रुपलाल सुनारले कार्यक्रमाम बोलेका थिए ।
संघका अध्यक्ष भविन्द्र विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश सभापति चन्द्रकिशोर गौतम, कास्कीका प्रवक्ता राजकुमार घिमिरे, कास्की अध्यक्ष भविन्द्र विश्वकर्मा, जिल्ला महासचिव कमलमान सुनार लगायतले बोलेका थिए ।
तपाईको प्रतिक्रिया