अन्तर क्लब पुरुष टि–२० क्रिकेट प्रतियोगिता कास्कीको विजयी सुरुवात

पोखरा । पोखरा महानगरपालिका दोस्रो अन्तर क्लब पुरुष टि–२० क्रिकेट प्रतियोगिता २०८१ मा कास्की क्रिकेट क्लबले विजयी सुरुवात गरेको छ । पोखरा महानगरपालिका शिक्षा महाशाखाको आयोजना तथा पोखरा महानगरपालिका क्रिकेट संघको संयोजन तथा व्यवस्थापनमा मंगलबारदेखि लेखानाथस्थित इडेन हेभेन क्रिकेट मैदानमा सुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन खेलमा अरण्यज्योति क्रिकेट क्लबलाई ७४ रनले पराजित गर्दै कास्की क्रिकेट क्लबले विजयी सुरुवात गरेको हो । टस जितेर पहिले ब्याटिङमा उत्रिएको कास्की क्रिकेट क्लबले निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाएर २ सय रन बनाएको थियो । उसका लागि आदित्य थापाले विष्फोटक पारी खेल्दै ५७ बलमा १ सय ७ रनको योगदान दिए । उनलाई सफल श्रेष्ठले ३६ बलमा ४२ रन जोड्दै साथ दिएका थिए ।
२ सय १ रनको विशाल लक्ष्य पछ्याएको अरण्यज्योति क्रिकेट क्लबले पूरै ओभर खेलेर अल आउट हुँदै केवल १ सय २६ रनमात्र बनाउन सक्यो । उसका लागि विधान श्रेष्ठले विष्फोटक पारी खेल्दै २० बलमा ३२ रन बनाउनुबाहेक अन्यले सम्झन लायक पारी खेल्न सकेनन् ।
उद्घाटन खेलमा विष्फोटक पारी खेलेका कास्की क्रिकेट संघका आदित्य थापा प्लेयर अफ दी म्याच घोषित भए । यसअघि प्रतियोगिताको कास्की क्रिकेट संघका अध्यक्ष वीरेन्द्र पुनले उद्घाटन गरेका थिए । उनले अम्पायर प्रदीप तामाङलाई क्रिकेट बल दिएर उद्घाटन गरेका हुन् ।
फागुन २५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता तथा उपविजेता टिमलाई ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । हरेक खेलमा म्यान अफ द म्याच, म्यान अफ द सिरिज, बेस्ट ब्याटर, वेष्ट बलर लगायतलाई पुरस्कार प्रदान गरिने पोखरा महानगरपालिका क्रिकेट संघका अध्यक्ष वीरेन्द्र पुनले जानकारी दिए ।









फेवाताल पुर्नेलाई कारबाही माग
प्रचण्ड कास्की ३ बाट सिफारिस
सम्पादकीय—प्रतिनिधिसभा पुनःस्थापनाको अपरिहार्यता
निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा चुनावमा क–कसलाई लाग्छ आचारसंहिता ?
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया