ट्राफिक प्रहरीलाई गण्डकी मेडिकल कलेजले दियो ब्रेथ एनालाइजर
समाधान संवाददाता
२०८१ फागुन २० गते २०:१०

पोखरा । गण्डकी मेडिकल कलेजले जिल्ला ट्राफिक कार्यालय कास्कीलाई २ थान ब्रेथ एनालाइजर हस्तान्तरण गरेको छ ।
कलेजका प्रिन्सिपल एवं प्रमुख कार्यकारी अधिकृत डा रवीन्द्रप्रसाद श्रेष्ठले जिल्ला ट्राफिक कार्यालय प्रमुख प्रहरी निरीक्षक शोभा पाण्डेलाई मंगलबार ती सामान हस्तान्तरण गरेका हुन् ।
कलेजको सामाजिक उत्तरदायित्व अन्तर्गत सामान हस्तान्तरण गरिएको प्रिन्सिपल श्रेष्ठले बताए । सामान ग्रहण गर्दै प्रहरी निरीक्षक पाण्डेले स्मार्ट पुलिससिङका लागि कलेजको सहयोगले थप मद्दत पुग्ने बताइन् ।
सम्बन्धित









गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
विकट गाउँमा रेन्बो ट्राउटपालन गर्दै पूर्वप्रहरी विकास
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया