सहकारी ठगीमा लागेका नेता, कार्यकर्ता एमालेबाट निलम्बित

पोखरा । नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीको चौथो सचिवालय बैठक मंगलबार पोखरामा भएको छ । बैठकले सहकारीको आर्थिक हिनामिनाको आरोप लागेका पार्टीका विभिन्न पदमा कार्यरत नेता–कार्यकर्तालाई निलम्बन गर्ने निर्णय गरेको प्रदेश कमिटीका उपसचिव तथा प्रचार एवं प्रकाशन विभाग प्रमुख मञ्जु अधिकारीले बताइन् ।
बैठकले म्याग्दी जिल्ला कमिटीका पूर्व उपसचिवसमेत रहेका प्रदेश कमिटी सल्लाहकार परिषद् सदस्य तथा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापालाई अदालतमा विचाराधीन मुद्दाको किनारा नलागेसम्मका लागि पार्टीको जिम्मेवारीबाट निलम्बन गर्ने निर्णय गरेको हो । स्थायी कमिटी सदस्य तथा प्रदेश कमिटी इन्चार्ज किरण गुरुङले पार्टीले सञ्चालन गर्न लागेको ३ महिने अभियानलाई प्रभावकारी र उपलब्धिमूलक बनाउने गरी कार्ययोजना तय गरिने र त्यस अनुसार सम्पूर्ण पार्टी पंक्ति परिचालित हुनुपर्ने बताए ।
इन्चार्ज गुरुङले पार्टी सरकारमा रहेको अवस्थामा पार्टीविरुद्ध गरिएको कुप्रचार र अफवाहको प्रतिकार गर्दै सबल पार्टी निर्माणमा लाग्न आग्रह गरे । बैठकले पार्टीले लगत्तै सञ्चालन गर्न लागेको ३ महिने अभियानको सन्दर्भमा तयारी तथा जिम्मेवारी बाँडफाँटसमेत गरेको प्रदेश कमिटी सचिव धनञ्जय दवाडीले जानकारी दिए ।
बैठकमा पार्टीका बागलुङ जिल्ला अध्यक्ष हिराबहादुर केसी, लमजुङ अध्यक्ष राजकुमार बिष्ट, गोरखा अध्यक्ष सुरेन्द्र थापा, तनहुँ अध्यक्ष हरिराज कँडेल, पर्वत अध्यक्ष गोविन्द पहाडी, म्याग्दी अध्यक्ष बालकृष्ण सुवेदी, कास्की अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्री सहितका जिल्ला अध्यक्षहरूले जिल्ला कमिटीका गतिविधि र कार्यक्रमबारे प्रकाश पारे । प्रदेश कमिटी अध्यक्ष नवराज शर्माको अध्यक्षतामा बैठक भएको हो ।









न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया