गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक नियुक्तिका लागि आवेदन खुला

पोखरा । गण्डकी प्रदेश सरकारअन्तर्गत रहेको गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ। यस पदका लागि आवश्यक योग्यता पुगेका नेपाली नागरिकहरूले आवेदन दिन सक्नेछन्।
कार्यकारी निर्देशक ऋषिराम पाण्डेको कार्यकाल सकिनै लाग्दा दरखास्त आह्ववान गरिएको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले फागुन २१ गते प्रकाशित सूचना मार्फत इच्छुक उम्मेदवारहरूलाई आवेदन दिन आह्वान गरेको हो। आवेदन दिन चाहने व्यक्तिले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजातसहित आफ्नो दरखास्त बुझाउनु पर्नेछ। आवेदन बुझाउने स्थान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बैठक तथा प्रसार महासाखा, पोखरा रहेको छ।
न्यूनतम योग्यता
कार्यकारी निर्देशक पदका लागि निम्न योग्यता आवश्यक रहेको छः
- मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर तह उर्त्तीण गरेको र कम्तीमा १० वर्षको अनुभव भएको वा स्नातक तहपछि १५ वर्षको अनुभव भएको।
- उमेर ३५ वर्ष पूरा भई ६५ वर्ष ननाघेको।
- कुनै फौजदारी कसुरमा अदालतबाट दोषी नठहरिएको।
- राजनीतिक दलको सदस्य नरहेको।
- गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानसँग कुनै स्वार्थ सम्बन्ध नरहेको।
दरखास्त दस्तुर
दरखास्त शुल्क २ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ। उम्मेदवारहरूले राष्ट्रिय वाणिज्य बैंक लिमिटेडमा उक्त रकम जम्मा गर्नुपर्नेछ।
आवश्यक कागजातहरू
उम्मेदवारहरूले निम्न कागजातहरू अनिवार्य रूपमा बुझाउनुपर्नेछः
व्यक्तिगत विवरण
कार्ययोजना
प्रस्तुतीकरण सामग्री
व्यावसायिक कार्ययोजना अनिवार्य
दरखास्त दिने उम्मेदवारले प्रतिष्ठानको संस्थागत विकास, प्रशासकीय व्यवस्थापन, स्रोत साधन परिचालन, प्रशिक्षणको प्रभावकारिता, समय र सहकार्य जस्ता विषयमा विस्तृत कार्ययोजना तयार गरी बुझाउनुपर्नेछ।
समयमै आवेदन दिन आग्रह
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले इच्छुक उम्मेदवारहरूलाई तोकिएको मितिभित्र आवेदन दिन अनुरोध गरेको छ। थप जानकारीका लागि पोखरामा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बैठक तथा प्रसार महासाखामा सम्पर्क गर्न सकिने जनाइएको छ।










सरकारको मुख्य काम चुनावः घिसिङ
मतदाता संख्या १ करोड ८९ लाख
लेकसाइडः नयाँ वर्षको गन्तव्य
पत्रकार र मिडियाको संख्या बराबर !
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया