लायन्स डिष्ट्रिक ३२५ एम नेपालको महाधिवेशन पोखरामा हुने

समाधान संवाददाता २०८१ फागुन २१ गते ११:५१

पोखरा ।
लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ एम नेपालको चैत ९ गते पोखरामा महाधिवेशन हुने भएको छ । आगामी कार्यकालका लागि डिष्ट्रिक गभर्नर सहित प्रथम भाइस डिष्ट्रिक गभर्नर र द्वितीय भाइस डिष्ट्रिक गभर्नरको सोमबार मनोनयन दर्ता गरिएको छ ।
गभर्नर पदमामा धनीराम बरालले, प्रथम भाइस डिष्ट्रिक गभर्नरमा रत्नप्रसाद पराजुली र द्वितीय भाइस डिष्ट्रिक गभर्नरमा किशोर बरालले उम्देवारी दिएका छन् ।

Advertisement


धनीराम प्रथम भाइस डिष्ट्रिक गभर्नर र लायन्स क्लब अफ फिस्टेल सिटीका सदस्य हुन् । पराजुली लायन्स क्लब अफ काठमाडौँ देउरालीको सदस्य हुन् उनी द्वितीय भाइस डिष्ट्रिक गभर्नरको रुपमा कार्यरत छन् । पोखराको लायन्स क्लब अफ गोल्डेन चौतारीका किशोर डिष्ट्रिकको चिफ डिष्ट्रिक एड्भाइजरको रुपमा कार्यरत छन् ।


नोमिनेशन कमिटी चियरपर्सन मल्टिपल कोअर्डिनेटर एवम पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको सभापतित्वमा भएको कार्यक्रममा डिष्ट्रीक्टका गभर्नर चण्डी प्रसाद अर्यालको उपस्थिति थियो ।


कार्यक्रममा पूर्व डिष्ट्रीक्ट गभर्नरहरु महेन्द्र पौडेल, विश्वेश्वर आचार्य, भिमलाल पौड्याल र डिष्ट्रीक्ट ३२५ आइका डिष्ट्रीक्ट गभर्नर विनोद ढुंगाना, डिष्ट्रीक्ट ३२५ जेका डिष्ट्रीक्ट गभर्नर मिलन थापा लगायतले उमेद्वारी दिनेलाई बधाई तथा शुभकामना दिएका थिए ।


कार्यक्रममा विभिन्न लायन्स क्लबका अध्यक्षहरुको तर्फबाट लेखबहादुर केसी, जोन/रिजन चियरपर्सनहरुको तर्फबाट सजना कोइराला, सिनियर क्याबिनेट अफिसरहरुको तर्फबाट बिष्णु गौतम र टेक नारायण पौडेलले, कन्भेन्सनका कन्भेनर दामु अधिकारी, जीएसटी डिष्ट्रिक कोअर्डिनेटर जगन्नाथ तिमिल्सिना, उमनाथ बराल, चुडामणि बराल लगायतले बोलेका थिए ।

Advertisement


डिष्ट्रिकमा १ सय ३९ वटा लायन्स क्लब आवद्ध छन् भने ३ हजार ५ सय बढी लायन्स सदस्य रहेका छन् ।

तपाईको प्रतिक्रिया