पोखरा आदर्श सेकेन्डरी स्कुलमा फेरि भेटौला कार्यक्रम सम्पन्न

पोखरा । पोखराको बगरमा अवस्थित पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा १० मा अध्ययन गरी एसइई को पर्खाइमा रहेका विद्यार्थीहरुलाई बिदाई कार्यक्रम बुधबार सम्पन्न भयो। कक्षा -९ का विद्यार्थीहरुद्वारा आयोजना गरिएको उक्त कार्यक्रममा विद्यालयका प्राचार्य फणिन्द्रप्रसाद अधिकारी प्रमुख अतिथिका रूपमा रहेका थिए ।
प्रमुख अतिथि अधिकारीले विद्यार्थीहरुले कठोर साधना , निरन्तरको अभ्यासबाट नै जीवनमा सफलता हासिल गर्न सकिने बताए साथै उच्च लक्ष्य लिएर लक्ष्य प्राप्तिका निम्ति अनवरत रूपमा साधनामा लाग्न सुझाए र विद्यार्थीहरुलाई समुज्ज्वल भविष्यको शुभकामना व्यक्त गरे।त्यसै गरी विशेष अतिथि विद्यालयका उप प्राचार्य ज्ञानेश्वर सुवेदीले एसइई को तयारीमा रहेका विद्यार्थीहरुलाई सफलताको शुभकामना व्यक्त गर्दै विद्यार्थीहरुलाई आत्मविश्वास, धैर्यता , लगनशीलता र क्रियाशीलताबाट नै सफल जीवन जिउन सकिने बताए ।
कार्यक्रममा कक्षा १० का विद्यार्थीहरुलाई प्रमुख अतिथि , विशेष अतिथि , अतिथिद्वय राजेश गौतम र सेतुप्रसाद भट्टराईले मायाको चिनो प्रदान गरेका थिए ।कार्यक्रममा कक्षा १० कि छात्रा सोफिया गुरुङले आफ्नो विद्यालयीय अनुभवसहितको मन्तव्य राखिन् साथै कक्षा ९ का विद्यार्थीहरुलाई धन्यवाद ज्ञापन गरिन् ।कार्यक्रममा कक्षा ९ की छात्रा अवान्तिका आचार्य स्वागत मन्तव्य राखेकी थिइन् ।कक्षा ९ की छात्रा सिर्जना पुनको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन माधव त्रिपाठीले गरेका थिए ।
तपाईको प्रतिक्रिया