विद्युत सम्बन्धी कानुन बनाउँदै गण्डकी सरकार, विद्युत विकास विधेयक सदनमा दर्ता

पोखरा । गण्डकी प्रदेश सचिवालयमा गण्डकी प्रदेशमा विद्युत विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दर्ता भएको छ । विधेयकले जलविद्युत्, सौर्य तथा वायु ऊर्जा उत्पादन, प्रसारण, वितरण र व्यापारका लागि कानुनी आधार तयार गर्ने लक्ष्य लिएको छ ।
नेपालको संविधानले प्रदेशलाई जलस्रोत र ऊर्जाको विकासमा महत्वपूर्ण अधिकार प्रत्यायोजन गरेको सन्दर्भमा उक्त विधेयक दर्ता गरिएको हो । संविधानको अनुसूची ६ अन्तर्गत प्रदेशस्तरीय विद्युत् सेवा सञ्चालन गर्ने अधिकार प्रदेश सरकारलाई दिइएको छ । अनुसूची ७ र ९ मा संघ, प्रदेश र स्थानीय तहको साझा अधिकार क्षेत्र अन्तर्गत विद्युत् विकासलाई प्राथमिकता दिइएको छ ।
सरकारी, निजी तथा सार्वजनिक–निजी साझेदारीको अवधारणाबाट लगानी प्रवद्र्धन गर्ने योजनासहित विधेयक तयार
गण्डकी प्रदेश जलस्रोतका दृष्टिले धनी मानिन्छ । प्रदेश नीति तथा योजना आयोगको तथ्यांक अनुसार गण्डकीमा ५ हजार २ सय ७० मेगावाट विद्युत् उत्पादन गर्न सकिने सम्भावना छ । तर, हालसम्म ८ सय २१ मेगावाट मात्र उत्पादन गर्न सकिएको छ । प्रदेश सरकारले विद्युत् उत्पादनको सम्भावनालाई प्राथमिकतामा राख्दै सरकारी, निजी तथा सार्वजनिक–निजी साझेदारीको अवधारणाबाट लगानी प्रवद्र्धन गर्ने योजनासहित विधेयक ल्याएको हो ।
विधेयकले प्रदेशभित्र रहेका जलविद्युत् आयोजनाको प्रारम्भिक अध्ययन, गुरुयोजना निर्माण, पहुँच मार्ग तथा प्रसारण लाइनको व्यवस्थापनलाई प्राथमिकता दिने उल्लेख छ । विद्युत् उत्पादन तथा वितरणसम्बन्धी अनुमतिपत्र वितरण, सञ्चालन, व्यवस्थापन, तथा सेवा विस्तार प्रक्रिया विधेयकमा समेटिएको छ । स्थानीय तहभित्र पर्ने विद्युत् आयोजना विकासमा सम्बन्धित तहले कानुनी संरचनाभित्र रहेर सहजीकरण गर्ने व्यवस्था विधेयकमा उल्लेख छ ।
विधेयक कार्यान्वयनमा आएपछि गण्डकी प्रदेशमा जलविद्युत् तथा नवीकरणीय ऊर्जा उपयोगमा वृद्धि हुने, निजी क्षेत्रको लगानी प्रवाह बढ्ने तथा स्थानीय बासिन्दाका लागि रोजगारी सिर्जना हुने विश्वास प्रदेश सरकारको छ । विद्युत् उत्पादन बढेसँगै पेट्रोलियम पदार्थको आयात घट्ने, वातावरणीय सन्तुलनमा सकारात्मक प्रभाव पर्ने तथा निर्यातमार्फत विदेशी मुद्रा आर्जनको अवसर समेत सिर्जना हुने प्रदेश सरकारको आकलन छ ।
यो ऐन बनेपछि प्रदेश सरकार मातहतका विद्युत् आयोजनाको अध्ययन, विकास, उत्पादन तथा सञ्चालन प्रक्रियालाई स्पष्ट पार्ने अपेक्षा गरिएको छ । प्रदेश सरकारले सम्भाव्य विद्युत् आयोजनाको सूची तयार गर्ने छ, जसका लागि पूर्वसम्भाव्यता अध्ययन, सम्भाव्यता अध्ययन र विस्तृत आयोजना प्रतिवेदन आवश्यक हुनेछ । सूचीमा समावेश आयोजनाहरूको प्राथमिकता क्रम निर्धारण गर्दा लाभ–लागत विश्लेषणलाई आधार मानिनेछ ।
सर्वेक्षण तथा अध्ययन अनुमतिपत्र प्राप्त गरेका तर तोकिएको समयभित्र आवश्यक कागजात पेस गर्न नसकेर अनुमतिपत्र खारेज भएका आयोजनालाई पुनः सूचीमा समावेश गर्ने व्यवस्था विधेयकमा छ । प्रदेश सरकारले विद्युत् उत्पादन आयोजनाको विस्तृत अध्ययन, विकास र सञ्चालन गर्न लगानीकर्ताबीच प्रतिस्पर्धाको व्यवस्था विधेयकले गरेको छ ।
प्रतिस्पर्धालाई पारदर्शी बनाउन राष्ट्रिय स्तरका समाचारपत्रमा कम्तीमा ९० दिनको सूचना प्रकाशित गरिनेछ । आवश्यक परेमा प्रस्ताव पेस गर्ने समय थप गर्न सकिने व्यवस्था गरिएको छ । प्रस्तावमा आयोजना क्षेत्र, विद्युत् उत्पादन क्षमता, अनुमानित लागत, अध्ययनको स्थिति, प्रसारण लाइन दूरी, वित्तीय अवस्था, र अन्य प्राविधिक विवरण समावेश गर्नुपर्नेछ । प्रस्ताव मूल्यांकन गर्दा प्राविधिक र आर्थिक आधारलाई मुख्य मानक उल्लेख छ । तर, सरकारको निर्देशन अवज्ञा गरेमा, वा आयोजनामा क्षति पु¥याएमा कडा सजायको व्यवस्था गरिएको छ । दोषी ठहरिए १० लाखदेखि ० लाख रुपैयाँसम्म जरिवाना वा आयोजनासम्बन्धी काम नै अनुमित रद्द गर्ने निर्णय गर्ने अधिकार प्रदेश सरकारलाई हुनेछ ।







माछापुच्छ्रे हिमाल
पोखरामा विद्युतीय तार भूमिगतको काममा ६० प्रतिशत प्रगति
फेवातालस्थित तालबाराही मन्दिर पुनर्निर्माण अन्तिम चरणमा
चापाकोटका विद्यार्थीलाई स्टेसनरी
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया