एकीकृत समाजवादीका गण्डकी उपाध्यक्ष गिरी बलात्कार आरोप पक्राउ

समाधान संवाददाता २०८१ फागुन २२ गते १५:३३

पाेखरा ।

Advertisement

जबरजस्ती करणीको आरोपमा नेकपा (एकीकृत समाजवादी)का गण्डकी प्रदेश उपाध्यक्ष तथा स्याङ्जाका जिल्ला अध्यक्ष विष्णु गिरी पक्राउ परेका छन् । नाबालिकालाई बलात्कार गरेको आरोपमा फागुन २० गते गिरीलाई स्या‍ङ्जाबाट पक्राउ गरिएकाे कास्की प्रहरीले जनाएकाे छ ।

फागुन २ गते जबरजस्ती करणी मुद्दामा जिल्ला अदालतले पक्राउका लागि अनुमति दिएको हो । स्याङ्जा पुतलीबजार नगरपालिका–१४ का ५१ वर्षीय गिरीलाई जिल्ला अदालत कास्कीले ६ दिन हिरासतमा राखेर अनुसन्धन गर्न अनुमति दिएको छ ।

तपाईको प्रतिक्रिया