पोखरामा २४ गते ‘कविता कन्सर्ट’ हुने

पोखरा ।
आगामी शनिबार पोखरामा कविता कन्सर्ट हुने भएको छ । विदेश अध्ययन परामर्श संथा अप्लाई पार्टनरको आयोजनामा पोखरा ट्रेडमलस्थित क्लासिक चुल्होमा कवि नवराज पराजुलीले कविता सुनाउन लागेका हुन् ।
कविता कन्सर्ट शनिबार दिउँसो १ बजेबाट ३ः३० बजेसम्म चल्ने आयोजक अप्लाई पार्टनरका निर्देशक अरुण पौडेलले जानकारी दिए । कविता कन्सर्टको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।
पराजुलीको कवितामार्फ युवावर्गलाई कविता तथा साहित्यतर्फ आकर्षित गर्ने उद्देश्यले आयोजित कार्यक्रममा दुई सय जनाको सहभागिता रहने जनाईएको छ । हालसम्म एक सयभन्दा बढी टिकट बिक्री भइसकेका छन् । टिकटको मूल्य पाँच सय रुपैयाँ कायम गरिएको छ ।
कार्यक्रमका लागि होटल क्राउन पोखरा, लिंकेज ट्राभल एन्ड टुर्स लगायतका व्यावसायिक संस्थाहरुले सहयोग गरेको छ । कार्यक्रमबाट संकलित रकम सामाजिक सेवामा खर्च गरिने निर्देशक पौडेलले बताए । टिकट बुकिङका लागि ९८५६००२३५४ वा ९८१७१०१९३९ मा सम्पर्क गर्न सकिन्छ ।







विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
पाल्पाली सहकारीको सेयर पुँजी पौने २ करोड ६१ लाख
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया