पोखरा १४ मा वडाध्यक्ष कपको तयारी

समाधान संवाददाता २०८१ फागुन २३ गते ११:३६

पोखरा ।
पोखरा महानगरपालिका वडानम्बर १४ को आयोजनामा हुने वडाध्यक्ष कप अन्तर वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ । प्रतियोगितामा पोखरा महानगरपालिका अन्तर्गतका १३ वडाबाट सहभागिता रहने वडाध्यक्ष बोधबाहादुर कार्कीले जानकारी दिए ।

Advertisement


यही फागुन २२ देखि २४ गतेसम्म पोखरा महानगरपालिका वडा नम्बर १४ मनकामना टोलमा रहेको मनोहर युवा क्लबको खेल मैदानमा खेल सञ्चालन हुनेछ । पोखरा महागरका प्रमुख धनराज आचार्यले प्रतियोगिता उद्घाटन गर्ने मनोहर युवा क्लबका अध्यक्ष तथा प्रचारप्रसार संयोजक रामजी जिसीले जानकारी दिए ।


खेलकुद विकास समिति पोखरा १४ का अध्यक्ष शिवशंकर जिसीले प्रतियोगिता विजेताले १ लाख १ हजार ४ सय १४, उपविजेताले ५५ हजार १४, तेस्रो हुनेले २५ हजार १४ र सान्त्वना हुने वडाले १५ हजार १४ रुपैयाँ पुरस्कार पाउने जानकारी दिए ।


विधागततर्फ ५ खेलाडीलाई पुरस्कृत गरिनेछ । सर्वोत्कृष्ट खेलाडीले ७ हजार १४ पुरस्कार पाउने छन् भने उत्कृष्ट ४ खेलाडी जनही ५ हजारका दरले पुरस्कृत हुनेछन् । प्रतियोगितामा सहभागी हुने टिमले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी २ जना समावेस गर्न सक्नेछन् भने अन्य खेलाडी सबै वडाको स्थायी बासिन्दा वा मतदाता हुनुपर्ने छ ।


प्रतियोगिता गर्न १६ लाख ६२ हजार खर्च लाग्ने अनुमान गरिएको छ । खेलकुद विकास समिति वडा नम्बर १४ को व्यवस्थापन र मनोहर युवा क्लबको सहकार्यमा प्रतियोगिता हुन लागेको हो ।

Advertisement

तपाईको प्रतिक्रिया