अन्नपूर्ण गाउँपालिकामा बारिस्ता तालिम

पोखरा ।
नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश समितिले म्याग्दीका अन्न्नपूर्ण गाउँपालिका वडा नम्बर २ तातोपानी र मुस्ताङको घरपझोङ गाउँपालिका वडा नम्बर ४ जोमसोममा बारिस्ता तालिम सञ्चालन गरेको छ ।
महासंघ अन्तर्गतको सीप विकास इकाइ र दिगो र सम्मानित रोजगारीका लागि परियोजना (इन्स्योर) हेल्भेटास नेपालसँगको साझेदारीमा भएको दोस्रो सीप स्तरोन्नति तालिममा २०/२० जनाको सहभागिता छ ।
धवलागिरी प्राविधिक शिक्षालयको प्राविधिक सहयोगमा भएको १२ दिने (६० घन्टे) तालिममा संगम शेरचन प्रशान्त गौचनले सहजीकरण गरेको नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका कार्यालय प्रमुख निशान खनालले जानकारी दिए । अन्नपूर्ण २ का वडाध्यक्ष ओमप्रसाद फगामीले आवश्यकता पर्ने र व्यवसाय सञ्चालन गर्ने सिमित व्यक्तिलाई तालिम दिएको बताए ।
धवलागिरी प्राविधिक शिक्षालयका प्रमुख खड्कबहादुर सुब्बाले प्रशिक्षार्थीलाई सीप सिकेर उद्यमी बन्न र भएको व्यवसायलाई प्रवद्र्धन गर्न सुझाव दिए । घरपझोङ गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष यमप्रसाद थकालीले पर्यटकीय होटलमा वारिस्ता तालिम लिनेले कफीसप सञ्चालन गर्न सक्ने बताए ।
कार्यक्रममा मुस्ताङ उद्योग वाणिज्य संघका सचिव योगेश शेरचन, वडा नम्बर २का कार्यवहाक अध्यक्ष वीरप्रसाद थकाली, इन्स्योर परियोजना हेल्भेटास नेपालका टेक्निकल कोडिनेटर प्रतिमा गुरुङ लगायतले तालिमको उपदेयताबारे बोलेका थिए ।
तपाईको प्रतिक्रिया