बाराहीघाटमा नगर प्रहरी र कोटिहोम आयोजकबीच झडप

पोखरा ।
पोखराको बाराहीघाटमा शुक्रबार बिहान पोखरा महानगर प्रहरी र कोटिहोम आयोजकबीच झडप भएको छ ।
नेपाल ट्रस्ट मातहतको बाराहीघाटमा मानव सेवा फाउन्डेसनद्वारा आयोजना गर्न लागिएको कोटिहोमका लागि भूमि पूजन कार्यक्रम तय गरिएको थियो । उक्त कार्यक्रम बिना अनुमति सञ्चालन गर्न खोजिएको भन्दै महानगर प्रहरीले रोक्न प्रयास गरेपछि आयोजक पक्षसँग विवाद उत्पन्न भएको हो ।
विवादकै क्रममा महानगर प्रहरीले स्थानीयमाथि बल प्रयोग गरेको बताइएको छ । घाइतेलाई उपचारका लागि मेट्रोसिटी अस्पताल लगिएको छ ।
यही विषयलाई लिएर थप तनाव उत्पन्न हुँदा आयोजक पक्ष र नगर प्रहरीबीच झडप भएको छ, जसमा दुवैतर्फका करिब एक दर्जन व्यक्ति घाइते भएका वडा कार्यालय बैदामले जानकारी दिएको छ ।
महानगरका अनुसार आयोजकले बिना अनुमति कार्यक्रम गर्न खोजेकाले हस्तक्षेप गरिएको हो । घटनास्थलबाट अहिले सबैजना तितरवितर भइसकेको बैदाम प्रहरीले बताएको छ । कोटीहोम गर्न दिने नदिने निर्णय आउन बाँकि रहेको प्रहरीको भनाइ छ ।











मुस्ताङको बागवानीमा ‘हाईब्रिड’ स्याउका बिरुवा उत्पादन गर्न सुरु
बन्दीपुरका किसान सुन्तलाखेतीप्रति आकर्षित
मुस्ताङमा प्रादेशिक अस्पताल भवन
‘स्मृतिका बिम्बहरु’ सार्वजनिक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया