सहिद, बेपत्ता परिवारलाई सम्मान

पोखरा ।
पोखरामा जनयुद्धका सहिद तथा बेपत्ता परिवारलाई सम्मान गरिएको छ । सहिद सप्ताहको अवसर पारेर नेकपा (माओवादी केन्द्र) पोखरा महानगर कमिटीले सहिद तथा बेपत्ताका परिवारलाई सम्मान गरेको हो ।
कार्यक्रममा पोखरा महानगरबाट सहिद भएका परिवार तथा बेपत्ताका परिवारहरूलाई सम्मानस्वरूप मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) कास्कीका इन्चार्ज नेत्रनाथ अधिकारी, विशेष अतिथि लेखा समिति सदस्य झलकपाणि तिवारी, केन्द्रीय सदस्य राजकाजी गुरुङलगायतले परिवारजनलाई सम्मान गरेका थिए ।
कार्यक्रमका वक्ताले सहिदहरूको योगदानले आजको लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको चर्चा गरे । सहिदको सपना पूरा गर्न समाजवादको आधार निर्माण गर्ने योजनाका साथ अघि बढ्नुपर्नेमा नेताहरूको जोड थियो ।
अधिकारीले सहिदहरूको योगदानले आजको लोकतान्त्रिक गणतन्त्र सम्भव भएको उल्लेख गरे । ‘सहिदको सपना पूरा गर्न समाजवादको आधार निर्माण गर्ने योजनाका साथ अघि बढ्नुपर्छ । यो सम्मान कार्यक्रम केवल औपचारिकता होइन, यो बलिदानप्रति हाम्रो नमन र संकल्पको प्रतीक हो ।’
सहिद परिवारको तर्फबाट बोल्दै अनिता भुर्तेलले सहिद परिवारलाई वर्षमा एकचोटि मात्रै होइन, पार्टी नै परिवार बन्नुपर्ने भनाइ राखेकी थिइन् । सहिदका सपना साकार पार्न सरकार र पार्टी नेतृत्व अझ जिम्मेवार बन्नुपर्ने उनले बताइन् ।
महानगर कमिटी अध्यक्ष विज्ञान गिरीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महानगर कमिटीका सचिव जनक पराजुलीले गरेका थिए । पोखरा महानगरपालिका लगायत विभिन्न ठाउँबाट पोखरा आएर बसोबास गरिरहेका ४२ सहिद तथा बेपत्ता परिवारलाई सम्मान गरिएको हो ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया