गोर्खा समुदायको महत्वपूर्ण भूमिकाः प्रदेश प्रमुख भट्ट

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले विश्वमाझ नेपाललाई परिचित गराउन वीर गोर्खाली सैनिकको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । भारतीय, ब्रिटिस तथा सिंगापुर गोर्खा पुलिसका गोर्खा समुदायबाट २०६६ सालमा स्थापित गोर्खा कम्युनिटी पोखराले आयोजना गरेको तेस्रो संस्करणको गोर्खा मेला सुरुआत गर्दै प्रदेश प्रमुख भट्टले राष्ट्रियताको लागि गोर्खा समुदायले ठूलो योगदान पुर्याएको जनाए ।
‘वीर गोर्खालीकै कारण नेपाल कहिल्यै कसैको उपनिवेश हुन परेन । विदेशी मुद्रा आर्जनको स्रोत गोर्खा सैनिकहरु नै छन्,’ उनले भने, ‘नेपालीहरुले गोर्खाको नाममा बेलायती र भारतीय सेना तथा सिंगापुर प्रहरी फौजमा गरेको लामो र अति विशिष्टिकृत सेवाले यी मुलुकहरुसँग शताब्दी लामो मित्रताको आधार बनेको छ ।’
भट्टले गोर्खाले जीवनका उर्जाशील वर्षहरुलाई विदेशी भूमिमा विभिन्न ओहदामा खर्चेर अवकाश प्राप्त गरी मातृभूमि नेपालमा फर्केर आफ्नो सीप र दक्षतालाई आयमूलक काम र सामाजिक योगदानमा समर्पित गरिरहेको पाएको उल्लेख गरे । प्रदेश प्रमुख भट्टले गोर्खाहरुले शताब्दीदेखि ब्रिटिश र भारतीय सेनाका लागि धेरै योगदान गरेको बताउँदै सम्बन्धित देशहरुले गोर्खाको योगदान र बलिदानीको सम्मान गरी कुनै भेदभाव विना समान सेवा, सुविधा प्रदान गर्दै आफ्नो मुलुकको सुरक्षामा गरेको योगदानको कदर गर्नुपर्नेमा जोड दिए ।
सेवा गरिएका देशमा स्थायी बसोबास गरेका भूपू गोर्खाको नागरिकता निरन्तरताका सवालमा संविधानको मर्म र गोर्खाहरुको भावनालाई सम्बोधन गर्दै साझा निश्कर्षमा पुग्नुपर्ने आवश्यकता उनले औंल्याए । ‘विदेशी मुद्रा आर्जन र व्यापार घाटामा ठूलो योगदान पुर्याउँदै आएको भूपू गोर्खा सैनिकको पैतृक र आर्थिक सम्पति विदेश पलायन हुन नदिनेतर्फ पक्कै पनि राज्य सहज र सचेत हुनुपर्दछ,’ उनले थपे ।
‘आफ्नोपन आफ्नै पहिचान, सबल नेपाल हाम्रो अभियान’ मूल मन्त्रका साथ स्थापित गोर्खा कम्युनिटी पोखराले १५ वर्षदेखि गोर्खाको हितमा आफूलाई समर्पण गरिरहेको जनाएको छ । विदेशमा कमाएको धन र सिकेका सीपलाई नेपाली माटोमा परिचालन गरी आत्मनिर्भरको मार्गमा हिँड्न प्रेरित गरेकोमा प्रदेश प्रमुख भट्टले धन्यवाद दिए ।








मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया