अपांग व्यक्तिहरुको हक सुनिश्चितता गर्नुपर्छः प्रदेश सभा सदस्य सुनीता

प्रदेशसभा सदस्य सुनीता थापाले अपांगता भएका व्यक्तिहरुको हक, समान अवसर र समावेशी संरचनाको सुनिश्चितताको माग गरेकी छिन् । प्रदेश सभा सदस्यमा मनोनीत भएपछि पहिलोपटक सदनमा बोल्दै उनले आफू अपांगता भएका समुदायकी प्रतिनिधिका रूपमा संसदमा उपस्थित भएको बताइन् ।
यसलाई व्यक्तिगत अवसर मात्र नभएर लाखौं अपांगता भएका व्यक्ति, महिला तथा पछाडि पारिएका समुदायको आवाजको विषय भएको महसुस भएको उनको भनाइ थियो । थापाले केही समयअघि दिवंगत सांसद विमला गौचनको सम्झना गर्दै उनको योगदानको उच्च मूल्यांकन गरिन् ।
साथै उनले गौचनका अधुरा सपनाहरू पूरा गर्न आफ्नो प्रतिबद्धता जनाइन् । लोकतन्त्र र गणतन्त्र स्थापनाका लागि योगदान दिने अग्रज नेतृत्व र समुदायलाई सम्मान प्रकट गर्दै उनले नेपालले प्राप्त गरेको संविधानले समानुपातिक सहभागिताको ग्यारेन्टी गरे पनि व्यवहारमा अझै पनि सबैका लागि समान अवसर उपलब्ध नभएको उल्लेख गरेकी हुन् ।








मुस्ताङको बागवानीमा ‘हाईब्रिड’ स्याउका बिरुवा उत्पादन गर्न सुरु
बन्दीपुरका किसान सुन्तलाखेतीप्रति आकर्षित
मुस्ताङमा प्रादेशिक अस्पताल भवन
‘स्मृतिका बिम्बहरु’ सार्वजनिक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया