पोखरामा हुने भनिएको विवादित कोटीहोम रोक्न विश्व हिन्दु महासंघको माग

पोखरा । पोखरामा आयोजना गर्न लागिएको ‘कोटीहोम’ नामक धार्मिक अनुष्ठानबारे विश्व हिन्दु महासंघ राष्ट्रिय समितिले आपत्ति जनाउँदै उक्त कार्यक्रम नगर्न आग्रह गरेको छ। महासंघले पोखरा महानगरपालिकालाई सम्बोधन गर्दै पठाएको पत्रमा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, र एकताको रक्षा गर्न विवादित कार्यक्रम रोक्नुपर्ने माग गरिएको छ।
महासंघका अनुसार, कोटीहोमका नाममा गरिने भनिएको उक्त अनुष्ठान हिन्दु धर्म र परम्परासँग मेल नखाने, समाजमा विद्वेष फैलाउने, तथा आरोप-प्रत्यारोपको माध्यम बन्न सक्ने खालको रहेको जनाइएको छ। साथै, यस कार्यक्रमले धार्मिक आस्थालाई विवादमा ल्याउन सक्ने भन्दै महासंघले चासो व्यक्त गरेको छ।
पत्रमा उल्लेख भएअनुसार, पोखरामा यसअघि पनि विभिन्न धार्मिक गतिविधिहरूको आडमा समाजलाई विभाजित गर्ने प्रयासहरू हुँदै आएको भन्दै महासंघले यस्ता कार्यहरूलाई प्रश्रय दिन नहुने चेतावनी दिएको छ। धार्मिक कार्यको नाममा राजनीतिक स्वार्थ पूर्ति गर्ने, सामाजिक सद्भाव भड्काउने र हिन्दु धर्मलाई कमजोर बनाउने प्रयास भइरहेको महासंघको भनाइ छ।
महासंघ राष्ट्रिय समिति, कासकी अध्यक्ष सुजनबाबु पाण्डेद्वारा हस्ताक्षरित विज्ञप्तिमा, धार्मिक आस्थाका नाममा गरिने हरेक क्रियाकलाप शुद्ध र पवित्र हुनुपर्नेमा जोड दिइएको छ। साथै, समाजमा द्वन्द्व सिर्जना गर्ने किसिमका गतिविधिहरू रोक्न स्थानीय प्रशासनसँग आग्रह गरिएको छ।
महासंघले पोखरामा धार्मिक आस्थाका नाममा गलत प्रवृत्तिहरू फैलन नदिन आम जनसमुदायलाई सचेत रहन पनि अपिल गरेको छ। साथै, स्थानीय प्रशासन, धार्मिक संघ-संस्था, तथा सर्वसाधारण नागरिकलाई सामाजिक सद्भाव कायम राख्न सहयोग गर्न अनुरोध गरिएको छ।
मानव सेवा फाउन्डेसनले पोखराको वाराहीघाटमा वैशाख १६ देखि जेठ २६ गतेसम्म गण्डकी कोटीहोम गर्ने भनेको छ । महानगरले भने कोटीहोम उक्त ठाउँमा हुन नसक्ने बताउँदै आएको छ ।
शुक्रबार वाराहीघाटको मैदानमा भूमिपूजनका क्रममा महानगरका नगर प्रहरी र कोटीहोम समर्थकबीच झडप भएको थियो ।









जेन–जी आन्दोलन: आइजिपी कार्कीसँग बयान, अब ओली र लेखकको पालो
विद्युत् प्राधिकरणमा शाक्यको ‘कमब्याक’, सिलवालको नियुक्ति बदर
कास्की–३ : कांग्रेसको टिकटका लागि २९ जनाको दौडधुप, प्रत्यक्षमा मात्रै १६ आकांक्षी
फागुन २० सम्म १८ वर्ष पुग्नेले मतदान गर्न पाउने, २६ गतेसम्म त्रुटि सच्याउने मौका
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया