महिलाविरुद्ध हुने सबै खाले हिंसाको अन्त्य गरौं : प्रदेश प्रमुख

पोखरा। गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले अन्तर्राष्ट्रिय महिला दिवसले महिला स्वतन्त्रता, समानता र सामाजिक न्याय स्थापित गर्न थप उर्जा, उत्साह एवं प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।
११५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै उनले यो दिवस महिलाको हकअधिकारका साथै आर्थिक, सामाजिक, राजनीतिक तथा सांस्कृतिक विकासका लागि आवाज उठाउने दिनको स्मरण गर्दै प्रत्येक वर्ष ८ मार्चमा विश्वभर मनाउने गरिएको उल्लेख गरेका छन् ।
‘लैंगिक समानता, महिला सशक्तीकरण, महिला अधिकारको सुनिश्चितता, सर्वाङ्गीण विकासका साथै उनीहरुको आवश्यकताका लागि सामाजिक जागरण ल्याउन यो दिवसको विशेष महत्व रहेको छ ।’ उनको भनाई छ– ‘राज्यका हरेक निकायमा समानुपातिक, समावेशी र सहभागितामूलक सहभागिताको हक सुनिश्चित भएको छ । इतिहासका खास–खास कालखण्डमा नेपाली महिलाहरुले देखाएको अदम्य साहस, कठिन संघर्ष र बलिदानका कारण यी उपलब्धि हासिल भएका हुन् ।’
आन्दोलनमा अघि रहेका महिलाहरू अधिकारमा सधैं पछि परेको अवस्थामा नयाँ संविधानले प्रत्येक महिलालाई समान हकलगायतका अधिकार सुनिश्चित गरेको र महिलामा आएको जागरणले राजनीतिसहित राज्यको हरेक क्षेत्रमा उनीहरूको सहभागिता बढेको उल्लेख गरेका छन्।
शुभकामना सन्देशमा भनिएको छ– ‘राज्यका हरेक तहमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरेपनि भुइँ मान्छेहरूले अझै त्यसको अनुभूति गर्न नसकेको अवस्था पनि छ । महिलामाथि हुने हिंसा र अन्याय त्यसको बाधक हो । महिलाविरुद्ध हुने सबै खाले हिंसाको अन्त्यका लागि आम नागरिकलाई जागरुक गराउन अन्तर्राष्ट्रिय महिला दिवसले सहयोग पुर्याउने विश्वास लिएको छु ।’








सम्पादकीय—अख्तियारको सक्रियताले जगाएको आशा
आठौँ टुर दि पोखरा’काे तयारी अन्तिम चरणमा
भारतीय टोलीद्वारा पर्वत र बागलुङको धार्मिक यात्रा : धार्मिक पर्यटन प्रवर्द्धनमा जोड
समानुपातिक सिटको नयाँ आधार तय : खस–आर्यको हिस्सा घट्यो, मधेशी र मुस्लिमको बढ्यो
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया