फिस्टेल एकेडेमीमा ओपन डे

पोखरा । फिस्टेल एकेडेमी माध्यमिक विद्यालय, पोखरा – १७, कास्कीले शनिबार ‘फिस्टेल ओपन डे–२०८१’ सम्पन्न गरेको छ । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव राजेन्द्रप्रसाद भण्डारीले कार्यक्रम उदघाटन गर्दै विद्यालयको शैक्षिक, भौतिक लगायत विविध पक्षको अवलोकन गरेका थिए ।

गुणस्तरीय शिक्षाका क्षेत्रमा विद्यालयले गरेको प्रगतिको प्रशंसा गर्दै सहसचिव भण्डारीले विद्यालयको थप प्रगतिको कामना गरे । शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख उपसचिव लाकनाथ आचार्यले शिक्षाको विकासमा निजी क्षेत्रको योगदान उल्लेखनीय रहेको विचार व्यक्त गरे । कार्यक्रममा विद्यालयका गतिविधि, यसले अवलम्बन गरेको शिक्षण पद्धति र अन्य विविध पक्षका बारेमा अभिभावक तथा सरोकारवालाहरूले जानकारी लिएका थिए ।
कार्यक्रममा विद्यार्थी तथा विभिन्न लोकप्रिय ब्यान्डहरूले साङगीतिक प्रस्तुति राखेका थिए । कार्यक्रम स्थलमा फुड स्टल, पुस्तक प्रदर्शनी, स्टेम प्रदर्शनी तथा विभिन्न मनोरञ्जनात्मक खेलहरू पनि सञ्चालन गरिएको थियो ।

विद्यालयको वर्तमान अवस्थाका बारेमा जानकारी दिँदै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिनु रानाभाटले विद्यालयले विविध क्षेत्रमा सकारात्मक फडको मारिरहेको बताए । उनले भने, ‘गुणस्तरीय शिक्षा लिनकै लागि पोखरा छोडनुपर्ने अवस्थालाई अन्त्य गर्न फिस्टेल एकेडेमीको स्थापना भएको हो र सोही लक्ष्यलाई पूरा गर्न विद्यालय लागेको छ ।’
विद्यालयका सहायक प्रधानाध्यापक कमल लामिछानेले स्वागत मन्तव्य राखेको कार्यक्रममा विद्यार्थीहरूले प्यानल डिस्कससमेत गरेका थिए भने कार्यक्रमको सञ्चालन विद्यार्थीद्वय रिजा श्रेष्ठ र साइरिन गुरुङले गरेका थिए ।









नेका धादिङ पोखरा समितिको रक्तदानमा ४६ पिन्ट रगत संकलन
शुभप्रभात सहकारीमा विश्वको नेतृत्व
शान्ति श्रीष मगरको नयाँ गीत
प्यारामाउन्ट पब्लिक स्कुलको अभिभावक दिवस
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया