नारी दिवसमा ज्येष्ठ महिलालाई सम्मान

जोमसोम । अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा मुस्ताङमा ज्येष्ठ महिलालाई सम्मान गरिएको छ । मुस्ताङको घरपझोङ गाउँपालिकाको आयोजना भएको दिवस कार्यक्रममा गाउँपालिका र पाइला नेपालले २ महिलाहरुलाई अगल÷अलग रुपमा सम्मान गरेको हो ।
घरपझोङ —३ स्याउ गाउँकी ८६ वर्षीया नर्साङ्मो थकालीलाई गाउँपालिकाले दोसल्ला ओढाएर प्रमाणपत्रले सम्मान गरेको हो । यसैगरी पाइला नेपाल मुस्ताङ शाखाले घरपझोङ—१ चिमाङ बस्ने ९० वर्षीया कान्छी थकालीलाई नगदसहित दोसल्ला ओढाएर प्रमाणपत्रले सम्मान गरेको हो । उनीहरुलाई मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसाल र घरपझोङ गाउँपालिकी उपाध्यक्ष जमुना रानामगरले दोसल्ला ओढाएर प्रमाणपत्रले सम्मान गरे ।
स्याउ गाउँको मुख्य आयोजना भएको ११५ औं अन्तर्राष्ट्रिय नारी दिवसलाई घरपझोङ गाउँपालिका, सामाजिक विकास कार्यालय मुस्ताङ, स्वास्थ्य कार्यालय, एक्याप र सुरक्षा निकाय लगायतले समन्वय र सहकार्य गरेका थिए । दिवसमा महिलाहरुको लागि हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको थियो । हाजिरी जवाफमा पुथाङ आमा समूह प्रथम, ठिनी आमा समूह द्वितीय र जोमसोम महिला समूह तृतीय भए । हाजिरी जवाफको विजेतालाई उपाध्यक्ष जमुना रानागमरले पुरस्कार प्रदान गरिन् ।
अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा सरसफाई, स्वास्थ्य शिबिर, रैथाने बाली उत्पादनका परिकार प्रर्दशनी, प्रभातफेरी, सांस्कृतिक नृत्य प्रर्दशनी र महिलाहरुको लागि स्तन क्यान्सर सम्बन्धी सचेतनामूलक अभिमुखीकरण लगायतका कार्यक्रम आयोजना गरिएको घरपझोङ गाउँपालिकी महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रमुख सरिता थकालीले जानकारी दिइन् ।
दिवसका अवसरमा आयोजित प्रभातफेरीमा घरपझोङका महिला समूह, आमा समूह, महिला अधिकारकर्मी, सुरक्षा निकाय, पत्रकार, विभिन्न सरकारी तथा गैरसरकारी निकाय लगायतले सक्रिय सहभागी जनाएका थिए ।








२ महिनापछि गण्डकी प्रदेशसभा बैठक आज बस्दै
राजनीतिक पाठशालाको सन्देश
‘निजी क्षेत्र हतोत्साहित हुँदा अर्थतन्त्रमा नकारात्मक प्रभाव’
जलनको पीडा रोकथामप्रतिको उदासिनता
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया