कोटीहोम गरेरै छाड्ने विश्व हिन्दु महासंघको उद्घोष

समाधान संवाददाता २०८१ फागुन २४ गते १९:३५

पोखरा ।
विश्व हिन्दु महासंघले पोखरामा कोटीहोम गरेरै छाड्ने उद्घोष गरेको छ । विश्व हिन्दु महासंघ, नेपाल गण्डकी प्रदेश र संस्कृत युवा मञ्च नेपालले संयुक्त आयोजना गरेको पत्रकार सम्मेलनमा कोटीहोम गर्नका लागि अदालतले बाटो खुला गरिदिएकाले गरेरै छाड्न बताएको हो ।
कोटीहोम गर्नका लागि भूमि पुजनको समयमा भएको लफडाका बारेमा जानकारी दिनका लागि आयोजना गरिएको पत्रकार सम्मेलन विश्व हिन्दु महासंघ, नेपालका उपाध्यक्ष शंकर खरालले सनातन धर्म जोगाउने कोटीहोम बिथोल्नका लागि षड्यन्त्र भइरहेको बताए । मानव सेवा फाउण्डेससँग यहाँ उठेको रकम पोखरा र आसपासमै खर्च गर्ने सहमतिपछि आफूहरुले साथ दिएको बताउँदै गुरुको आचरणको पछि नलागी उद्देश्यको पछि लाग्न उनको आग्रह थियो । पोखराले घोषणा गरेको पोखरा भ्रमण वर्षलाई सघाउनका लागि आयोजना गरिएको सघाउने कोटीहोमका विरुद्धमा केही तत्व लागिरहेको उनले सुनाए ।
भूमि पुजन क्षेत्रमा भएको विवादपछि बेलुका सञ्चार माध्यममा आएको अडिओका बारेमा जानकारी दिदैं त्यो अडियो आफ्नै भएको स्विकार गरे । महानगरका प्रवक्ता र आफ्नो दाजुभाइको सम्बन्ध रहेकाले रिसका बेलामा बोलिएको कुरालाई मिडियाबाजी गरिएको उनले आरोप लगाए । मिडियाले पनि एकतर्फी मात्र आवाज राखेको उनको भनाइ थियो ।
पोखरा महानगरले दोहोरो चरित्र प्रस्तुत गरिरहेको उनको आरोप छ । सुरुमा महानगरकै वडाबाट स्विकृत लिएको विषयमा महानगरले हस्तक्षेत्र गरेको उनको भनाइ थियो । तर, महानगरले रोक्दैमा कोटीहोन नरोकिने उनको तर्क थियो । कोटीहोम र सनातन धर्म रक्षाका लागि आफूहरु डटेर लाग्ने उनले बताए ।
यता, पोखरा महानगरले भने शुक्रबार राती नै विज्ञप्ति प्रकाशित गरी बाराहीघाटमा कोटीहोम यथास्थितीमा हुन नसक्ने बताएको छ । यस्तै सुजनबाबु पौडेल ‘श्री ८ डा. डमरु बाबा’ नेतृत्वको विश्व हिन्दु महासंघले पनि पोखरा महानगरपालिकालाई सम्बोधन गर्दै पठाएको पत्रमा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, र एकताको रक्षा गर्न विवादित कार्यक्रम रोक्नुपर्ने माग गरिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया