रवि लामिछाने कास्की जिल्ला अदालतमा उपस्थित

पाेखरा ।
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने आइतबार कास्की जिल्ला अदालतमा दोस्रो तारिखका लागि उपस्थित भएका छन्। उनी श्रीमती निकिता पौडेलसहित काठमाडौंबाट पोखरा गएका थिए।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धानका क्रममा गत कात्तिक २ गते पक्राउ परेका लामिछाने पुस २५ मा कास्की जिल्ला अदालतबाट ६५ लाख धरौटीमा छुटेका थिए। साथै, स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतले माघ २ गते ६० लाख धरौटी लिएर उनलाई रिहा गरेको थियो।
त्यस्तै, बुटवलको सुप्रिम सहकारीको बचत रकम अपचलन मुद्दामा उनी माघ १३ गते रुपन्देही जिल्ला अदालतबाट १ करोड रुपैयाँ धरौटी बुझाएर छुटेका थिए। साथै, माघ २५ गते सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत ठगी प्रकरणमा ५४ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए।
लामिछाने सोमबार रुपन्देही जिल्ला अदालतमा तारिखका लागि उपस्थित हुने कार्यक्रम रहेको छ। वीरगञ्जको सानो पाइला सहकारीको बचत रकम अपचलन प्रकरणमा भने अझै अनुसन्धान भइरहेको छ।
तपाईको प्रतिक्रिया