महिलाद्वारा कर्मशील नारी खाद्य उद्योग सञ्चालन

पोखरा । आर्थिक सशक्तीकरणका लागि महिला उद्यमशिलता भन्ने नारा सहित ११५ औँ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा पोखरामा कर्मशील नारी खाद्य उद्योगको औपचारिक शुभारम्भ भएको छ । स्थानीय उत्पादन प्रवद्र्धन, महिला उद्यमशीलता, र आर्थिक सशक्तीकरणलाई ध्यानमा राखी कर्मशील महिला समूहले उक्त खाद्य उद्योग सञ्चालनमा ल्याएका हो ।
उक्त खाद्य उद्योगको नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशकी महासचिव जमुना वर्षा शर्माले उद्योगको शुभारम्भ गर्दै महिलाहरू केवल गृहिणी मात्र होइनन्, उनीहरू सक्षम उद्यमी, व्यवस्थापक र समाज परिवर्तनका संवाहक भएको बताइन् । उनले भनिन् ‘कर्मशील नारी खाद्य उद्योगजस्ता स्थानीय उत्पादनमा आधारित उद्यमहरूले महिलाहरूलाई आर्थिक रूपमा सशक्त बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ ।’ उनले उद्योग सञ्चालनसँगै आउने कतिपय कठिनाइ र चुनौतीहरुले विचलित गुणस्तरीय उत्पादन प्रविधिमैत्री मार्केटिगंमा ध्यान दिन सुझाव दिँदै महिलाहरूको उत्पादन र व्यवसायको क्षेत्रमा देखाएको यो सक्रियताको प्रशंसा गरिन् ।
लेखनाथ उद्योग वाणिज्य संघकी महासचिव जानुका पराजुली अधिकारीले स्थानीय स्तरमा स्थापना भएका यस्ता उद्योगहरूले आर्थिक वृद्धिमा टेवा पुग्ने बताइन् । उनले यस्ता उद्योग सञ्चालनले समुदायभित्र आत्मनिर्भरता र उद्यमशीलताको भावना पनि विकास गराउने धारणा राखिन् ।
कर्मशील नारी खाद्य उद्योगकी अध्यक्ष सुनिता खत्रीले स्थानीय स्रोतसाधनको उपयोग गर्दै गुन्द्रुक, मस्यौरा, कोदो, फापर लगायतका पिठो, अचार, सुकुटी, विभिन्न प्रकारका मसला, फ्रोजन मम लगायत ३० थरिका उत्पादन रहेको जानकारी दिइन ।
उद्योगका सचिव सरिता भुजेलले उद्योगले स्थानीय कृषि उत्पादनलाई प्राथमिकता दिने भएकाले यसले किसानहरूलाई समेत प्रत्यक्ष रूपमा फाइदा पुग्ने बताइन् । उनका अनुसार उद्योगमा उत्पादन गरिने अचार, सुकुटी, तथा अन्य खाद्य सामग्रीहरू विशेष गरी पारम्परिक नेपाली स्वादयुक्त हुनेछन्, जसले स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्दै आयात प्रतिस्थापन गर्न मद्दत गर्ने बताइन् । उनका अनुसार १२ जना महिलाले मासिक १ हजार जम्मा गरेर ३ लाख पुँजी संकलन गरी लगानीको शुरुआत गरेको र अहिले थुप्रै दिदीबहिनी सेयर थप्नका साथै रोजगारको लागि उत्साहित भएको उनकोभ भनाइ थियो ।
कार्यक्रममा पोख्रेली मिनरल वाटरका प्रोप्राइटर तथा कौसी करेसा खेतीका प्रशिक्षक कान्ति पौडेल अधिकारी, वडास्तरीय कृषि सञ्जाल ८ की संयोजक सावित्रा अधिकारी घिमिरे, वडा ९ की संयोजक विमला रानाभाट, पोखरा लेडी जेसीज २०२५ की अध्यक्ष अनिता थापा खड्का, बुहारी सशक्तीकरण समाज कास्कीकी अध्यक्ष निरु केसी, तथा लायन्स क्लब अफ मोनालिसाकी अध्यक्ष शकुन पौडेल आर्थिक शुभकामना मन्तव्य राखेका थिए ।
कर्मशील नारि समूहकी उपाध्यक्ष पुष्पा शर्मा पौडेलले स्वागत मन्तव्यसँगै उद्योगको स्थापना र आगामी रणनीतिकोबारेमा प्रष्ट पारेकी थिइन ।









राजनीतिक एकता : पदको भागबन्डा कि व्यवस्थागत परिवर्तनको अवसर
६ दशकदेखि निरन्तर पढाउँदै रुप सर
विद्यार्थीलाई न्यानो कपडा र स्टेसनरी सहयोग
लेखनाथ जन्मजयन्ती मनाइँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया