प्रदेश अस्पताल लमजुङमा सर्जिकल र रेडियोलोजी सेवा सुरु
समाधान संवाददाता
२०८१ फागुन २५ गते १४:०८

सुन्दरबजार (लमजुङ) । प्रदेश अस्पताल बेँसीसहरमा सर्जिकल इन्टेन्सिभ केयर युनिट (कक्ष) तथा रेडियोलोजी सेवा सञ्चालनमा आएको छ ।
गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले उक्त कक्षको उद्घाटन गर्दै यसले जिल्लावासीलाई गुणस्तरीय स्वास्थ्य सेवा दिने विश्वास व्यक्त गर्नुभयो ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष हरिजङ्ग तामाङको अध्यक्षता उद्घाटन कार्यक्रम भएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङ, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, पत्रकार र स्वास्थ्यकर्मीको उपस्थिति थियो । यो सेवाबाट गम्भीर अवस्थाका बिरामीलाई प्रभावकारी उपचार सेवा उपलब्ध गराउन सहज हुने अस्पताल प्रशासनले जनाएको छ । रासस
सम्बन्धित






इन्जिनियरिङ पश्चिमाञ्चल क्याम्पसको प्रमुखमा डा. घिमिरे नियुक्त
एलिट ट्रफी क्रिकेट प्रतियोगिता ४ गतेदेखि हुने
म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान
उज्ज्वल सहकारीमा दोहोरिए नरेन्द्र
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया