पोखराबाट विदा भए पूर्वराजा ज्ञानेन्द्र शाह

समाधान संवाददाता २०८१ फागुन २५ गते १४:५०

पाेखरा ।

Advertisement

गत माघ २७ गते पोखरा आएका पूर्वराजा ज्ञानेन्द्र शाह आज काठमाडौं फर्किएका छन् । उनी परिवारसहित समिट एयरको चार्टर्ड विमानमार्फत साढे २ बजे काठमाडौं प्रस्थान गरेका हुन् ।

पोखरामा पूर्वराजालाई विदा गर्न राप्रपा कास्कीले सामान्य शुभयात्रा कार्यक्रम आयोजना गरेको थियो । राप्रपाका अरुण गिरीका अनुसार, कार्यक्रममा पूर्वराजालाई दुबोको माला र दहीको ठेकी दिएर बिदा गरिएको हो । साथै, पञ्जेबाजासहित कार्यक्रमलाई विशेष रूपले स्वागत गरिने छ। गिरीले भने, ‘स्वस्फुर्त रूपमा सहभागी हुनेलाई स्वागत गरिए पनि भिडभाड हुने खालको कार्यक्रम नगरिएको छ।’

तपाईको प्रतिक्रिया