हुमागाईं लायन्सको डिस्ट्रिक्ट गभर्नर निर्वाचित

पोखरा ।
पोखराका युवा व्यवसायी दुर्गाप्रसाद हुमागाईं लायन्सको डिस्ट्रिक्ट गभर्नर निर्वाचित भएका छन् । लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ के नेपालको लायन वर्ष २०२५–०२६ का लागि डिस्ट्रिक्ट गभर्नरमा शनिबार उनी निर्वाचित भएका हुन् । पोखरामा भएको तेस्रो एन्जुअल डिष्ट्रिक्ट कन्भेन्सनले हुमागाईंलाई गभर्नर निर्वाचित गरेको हो ।
रमेश अधिकारी फस्ट भाइस डिस्ट्रिक्ट गभर्नर र विष्णुहरि फुँयाल सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नर निर्वाचित भएका छन् । हुमागाईं २० वर्षदेखि लायन्समा क्रियाशील छन् । लायन्स क्लब अफ पोखरा पिस चौतारीका पूर्व अध्यक्ष, समाजसेवी तथा युवा सञ्चार उद्यमी हुमागाईं काभ्रे जिल्लाको पनौती नगरपालिका कुशादेवीमा जन्मिएका हुन् ।
२५ वर्षभन्दा अघिदेखि उनी पोखराको व्यावसायिक क्षेत्रमा सक्रिय छन् । आफूलार्ई गभर्नरमा निर्वाचित गराएकोमा हुमागाईं र डिस्ट्रिक्ट फस्ट लेडी सरिता दाहाल हुमागाईंले अग्रज लायन लिडर र सम्पूर्ण लायनहरूमा हार्दिक आभार तथा कृतज्ञता ज्ञापन गरेका छन् । हुमागाईंले लायन वर्ष २०२५–०२६ लाई स्मरणीय वर्ष बनाउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।
तपाईको प्रतिक्रिया