बुद्धिजीवी परिषद् कास्कीमा नगेन्द्र

समाधान संवाददाता २०८१ फागुन २५ गते १८:३१

पोखरा । नेकपा (एमाले)को जनसंगठनको रुपमा रहेको नेपाल बुद्धिजीवी परिषद् कास्कीको १३ औं अधिवेशन भएको छ । ‘समृद्धिका लागि बुद्धिजीवी’ भन्ने नाराका साथ भएको अधिवेशनको क्रममा ‘नेपालको वर्तमान अर्थव्यवस्था र वैकल्पिक बाटो’ विषयक अन्तर्क्रिया गरिएको छ ।

Advertisement

कार्यक्रममा प्राडा लेखनाथ कोइरालाले नेपाली अर्थतन्त्रको वर्तमान अवस्था र वैकल्पिक कार्यदिशा विषयक कार्यपत्र पेश गरे । पृथ्वीनारायण क्याम्पसको पूर्व प्रमुख गेहेन्द्रेश्वर कोइरालाले कार्यपत्रको टिप्पणी गरे । अधिवेशनबाट अध्यक्ष डा नगेन्द्र भण्डारीको नेतृत्वमा सर्वसम्मत रुपमा १७ सदस्यीय कमिटी निर्माण भएको छ । परिषद्को उपाध्यक्ष तारानाथ आचार्य, सचिव चन्द्रकान्त पौडेल, उपसचिव देवराज शर्मा र तिलकप्रसाद आचार्य, कोषाध्यक्ष युक्तबहादुर सुवेदी छन् ।

परिषद्को सदस्यमा शुक्रराज अधिकारी, लिलाधर अधिकारी, कृष्णप्रसाद बसौला, ऋषिराम ढकाल, भोजराज बराल, विजय अर्याल, लिलकण्ठ पौडेल, दुर्गाप्रसाद पौडेल, विश्वासराज पौडेल, राजेन्द्रप्रसाद सुवेदी र सिर्जना कुँवर रहेको परिषद्का केन्द्रीय सदस्य तथा कास्कीका इञ्चार्ज कृष्ण केसीले जानकारी दिए ।

नेकपा (एमाले)का स्थायी समितिका सदस्य खगराज अधिकारीले कार्यक्रमको उद्घाटन गर्दै बुद्धिजीवीहरुको पार्टीको विचार निर्माणमा योगदान रहेको बताए । उनले बुद्धिजीवीहरुले पार्टीका नेता तथा कार्यकर्तालाई विचारले प्रशिक्षित गर्नु पर्ने उल्लेख गरे । वैचारिक पक्ष कमजोर भएको कारण धार्मिक अतिवाद बढेको उल्लेख गर्दै उनले प्रतिगमनकारीको गतिविधिलाई परास्त गर्नु पर्ने बताए ।

नेपाल बुद्धिजीवी परिषद्का केन्द्रीय उपाध्यक्ष डा दिपेन्द्र भण्डारीले राजनीतिक नेतृत्वले कर्मचारीतन्त्रमा बढी विश्वास गर्दा सुशासन कायम हुन नसकेको दाबी गरे । राष्ट्रिय परिचयपत्र तथा सवारी चालक अनुमतिपत्र तीन वर्षसम्म नपाउने सन्दर्भमा सुशासन प्रवद्र्धन भयो भनेर कसैले नपत्याउने चर्चा गर्दै उनले इञ्जिनियरको केटी साथीको बैंक खातामा पैसा जाँदासम्म भ्रष्टाचार नियन्त्रण गर्न नसकिने तर्क गरे । उनले विकास निमार्णको सवालमा पार्टी नेतृत्व र जनप्रतिनिधिबीच नियमित सम्बाद हुनु पर्ने सुझाव दिए । उनले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई गाली गलौज गरेर कमजोर बनाउन साढे ८ लाख भिडियो बनाएर सार्वजनिक गरेको आरोप लगाए ।

Advertisement

प्राडा लेखनाथ भट्टराईले अर्थतन्त्रका बाह्य सूचकहरुमा सकारात्मक सुधार देखिएपनि अस्थिरताको चुनौती कायम रहेको बताए । उनले आर्थिक सुधारको क्षेत्रमा अपेक्षित पहल कद्मी हुन नसकेको दाबी गरे । उनले वैदेशिक सहायता, लगानको साथै विप्रेषणको आप्रवाह पनि उत्साहजन संकेत नदेखिएको जनाए । संघ, प्रदेश सरकारको सार्वजनिक खर्च र राजश्व परिचालनको अवस्था समेत सन्तोष जनक नभएको उल्लेख गर्दै उनले सरकार आन्तरिक ऋण उठाएर साधारण खर्च चलाउने बाध्यात्मक अवस्थामा रहेको जानकारी दिए । उनले आन्तरिक रुपमा आर्थिक क्रियाकलापहरुमा (विकास निर्माण, उत्पादनमुलक, औद्योगिक, व्यवसायिक र वित्तिय क्षेत्रमा) उत्साह नदेखिएको बताए । उनले श्रम शक्तिको वहिर्गमन, आन्तरिक बसाइँसराइँले रैथाने र स्वावलम्बी विकास प्रयासमा चुनौती थपिएको उल्लेख गरे । ।

कार्यक्रममा बुद्धिजीवी परिषद्का सचिवालय सदस्य पुष्पराज बराल, नेकपा (एमाले) जिल्ला कमिटी कास्कीका उपाध्यक्ष भेषराज बराल, पेशागत महासंघ नेपालका केन्द्रीय सचिव रामप्रसाद खनाल, नेपाल बुद्धिजीवी परिषद् कास्कीका अध्यक्ष प्रा विश्व अधिकारी, उपाध्यक्ष डा रामजी शर्मा, सचिव डा नगेन्द्र भण्डारी लगायतले पेशागत तथा बुद्धिजीवी क्षेत्रको कामको बारेमा बोलेका थिए ।

तपाईको प्रतिक्रिया