मुक्तिनाथ विकास बैंक अध्यक्षमा खिमप्रकाश मल्ल
समाधान संवाददाता
२०८१ फागुन २५ गते १८:५२

पोखरा । मुक्तिनाथ विकास बैंक लिमिटेडको अध्यक्षमा खिमप्रकाश मल्ल नियुक्त भएका छन् । फागुन २२ बसेको बैंकको सञ्चालक समितिको बैठकले मल्ललाई नयाँ अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो । मल्ललाई फागुन २१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले बाँकी कार्यकालका लागि सञ्चालक सदस्य नियुक्त गरेको थियो ।
यसअघिका बैंकका अध्यक्ष भरतराज ढकालले आफ्नो व्यक्तिगत कारणवश बैंकको सञ्चालक पदमा रही कार्य गर्न असमर्थ रहेको भन्दै राजीनामा दिएका थिए । उनको राजीनामा फागुन २१ गते बसेको बैंकको सञचालक समितिको बैठकले स्वीकृत गरेको थियो ।
ढकाल २०८० पुस २८ गते सम्पन्न १७ औं वार्षिक साधारणसभाबाट ४ वर्षको कार्यकाल रहने गरी संस्थापक समूहबाट सञ्चालक पदमा निर्वाचित भई सोही दिनकोे सञ्चालक समितिको ं बैठकबाट सर्वसम्मत अध्यक्ष पदमा छनौट भएका थिए ।
सम्बन्धित







एलिट ट्रफी क्रिकेट प्रतियोगिता ४ गतेदेखि हुने
म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान
उज्ज्वल सहकारीमा दोहोरिए नरेन्द्र
माइडियाका ग्राहकलाई मुम्बई यात्रा उपहार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया