कँडेल समाज कास्कीमा शुक्रराज

पोखरा । कँडेल समाज कास्कीको दोस्रो अधिवेशनबाट अध्यक्षमा शुक्रराज कँडेल निर्वाचित भएका छन् । उपाध्यक्षमा माधवप्रसाद कँडेल, सचिवमा अनन्त कँडेल, कोषाध्यक्षमा नीर कँडेल निर्वाचि भएका छन् । सदस्यहरूमा डा भानु कँडेल, पूर्णदीप कँडेल, खीमलाल कँडेल, टिकाराम कँडेल, फणिन्द्र कँडेललगायत चयन भएका छन् ।
बद्री कँडेलको अध्यक्षता तथा पोखरा महानगरपालिका–३१ का वडाध्यक्ष ढकनाथ कंडेलको प्रमुख आतिथ्यतामा अधिवेशन भएको हो । वडाध्यक्ष कँडेलले नेपालभर रहेका कँडेल समुदायका व्यक्तिहरू एकजुट भई समाजलाई मजबुत बनाउँदै विकासका गतिविधिमा सक्रिय हुनुपर्ने आवश्यकता औंल्याए ।
कार्यक्रम सञ्चालन सहसचिव वीरभद्र कँडेलले सञ्चालन गरेका थिए । अधिवेशनका अवसरमा समाजका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद कँडेल, सचिव डा. श्रीप्रसाद कँडेल, भारद्वाज आश्रम गैंडाकोटका संरक्षक रमाकान्त कँडेल, उपाध्यक्ष काशिनाथ कँडेल लगायतको उपस्थिति थियो ।
तपाईको प्रतिक्रिया