म्याग्देमा चिस्यान केन्द्र सञ्चालन

दमौली ।
यहाँको म्याग्दे गाउँपालिका–३ मा चिस्यान केन्द्र सञ्चालनमा ल्याइएको छ । स्थानीय स्तरमा उत्पादित कृषिजन्य वस्तुहरुलाई लामो समयसम्म भण्डारण गरी बजारमा उचित मूल्यमा बिक्री गर्ने उद्देश्यले चिस्यान केन्द्र निर्माण गरी सञ्चालनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए ।
चिस्यान केन्द्र निर्माणका लागि गत वर्षको पुस १ मा पासा कन्स्ट्रक्सनसँग रु एक करोड ४७ लाख चार हजार छ सय ४७मा ठेक्का सम्झौता भएको थियो । दुई तल्ले भवन १९५ दशमलव ८५ वर्ग मिटर क्षेत्रफलमा फैलिएको छ । चिस्यान केन्द्रमा कृषकले उत्पादन गरेका आलु, फलफूल, तरकारीलगायत राखिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
अधिकारीले भन, “कृषिजन्य वस्तु भण्डारणका लागि चिस्यान केन्द्रले सहयोग पुग्नेछ, जसकारण कृषकले उचित मूल्य पाउनेछन् ।” अधिकारीका अनुसार चिस्यान केन्द्रको क्षमता दुई सय मेट्रिक टन रहेको छ ।
चिस्यान केन्द्र सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य सचिव रुक्मिता घिमिरेले चिस्यान केन्द्रमा भण्डारणका लागि प्रति किलो रु दश शुल्क कायम गरिएको जानकारी दिए । तर म्याग्दे गाउँपालिकाभित्रका कृषकलाई भने ५० प्रतिशत छुट दिइनेछ ।
कृषकले कृषिजन्य वस्तु उत्पादन गर्ने तर समयमा विक्री हुन नसक्दा समस्या हुँदै आएकाले अब चिस्यान केन्द्रले सहज हुने गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले बताए ।









तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया