कोटिहोम गर्न दिने सहमति, स्थान टुंगो लगाउन समिति गठन

समाधान संवाददाता २०८१ फागुन २६ गते १७:४०

पोखरा ।
पोखरा महानगरपालिकाले मानव सेवा फाउन्डेसनलाई कोटिहोम गर्न दिने निर्णय गरेको छ । सोमबार महानगरपालिकामा बसेको बैठकले कोटिहोम आयोजनाको लागि सहमति जनाएको छ ।

Advertisement

तर स्थान हेरफेर गर्ने निर्णय सहमति जुटेको जनाइएको छ । महानगरपालिका, तीनवटै सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय तथा आयोजक मानव सेवा फाउन्डेसनका प्रतिनिधिहरू सम्मिलित छलफलपछि यस्तो सहमति जुटेको हो ।

बैठकमा कोटिहोम कार्यक्रमलाई महानगरपालिकाले पनि अपनत्व लिने निर्णय भएको विश्वहिन्दु महासंघका उपाध्यक्ष शंकर खरालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया