पोखरा महानगरपालिका टि–२० क्रिकेट प्रतियोगिता
लेखनाथ युथ क्रिकेट क्लबलाई उपाधि

पोखरा । पाोखरा महानगरपालिका दोश्रो अन्तर क्लब पुरुष टि–२० क्रिकेट प्रतियोगिता २०८१ को उपाधि लेखनाथ युथ क्रिकेट क्लबले जितेको छ । पोखरा महानगरपालिका शिक्षा महाशाखाको आयोजना तथा पोखरा महानगरपालिका क्रिकेट संघको संयोजन तथा व्यवस्थापनमा आयोजित प्रतियोगिताको फाइनलमा माछापुच्छ्रे क्रिकेट क्लवलाई ३० रनले पराजित गर्दै लेखनाथले उपाधि जितेको हो ।
लेखनाथको इडेन हेभन क्रिकेट मैदानमा सोमबार उपाधि भिडन्तमा लेखनाथ युथ क्लवले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५० रनको योगफल तयार गर्यो । लेखनाथका लागि पुष्पेन्द्र झाले ३२ बलमा ३२ रन, दीपक बरालले २३ बलमा २८ रन र मार्सल बरालले १८ बलमा २२ रनको योगदान दिएका थिए । लेखनाथलाई ठूलो स्कोर बनाउन नदिन रितेश बरालले २२ रन खर्चिएर ३ विकेट तथा धिरज अधिकारीले २५ रन खर्चेर २ विकेट लिएर दवाबमा राखेका थिए ।
१५१ रनको मध्यम लक्ष्य भेट्टाउन जवाफी ब्याटिङमा उत्रिएको माछापुच्छ्रे क्रिेकट क्लव निर्धारित २० ओभरमा ७ विकेट गुमाएर केबल १२० रनमा सिमित भएपछि उपबिजेतमा चित्त बुझाउन बाध्य भयो । माछापुच्छ्रेका आशिष न्यौपानेले २७ बलमा २३ रन र पूर्णबहादुर जिटीले १५ बलमा २२ रन बनाएपनि अन्य ब्याटर चल्न सकेनन् । फाइनल खेलमा माछापुच्छ्रेलाई कम रनमा समेट्न लेखनाथका मार्सल बरालले १४ रन खर्चेर २ विकेट हत्याएका थिए ।
सोमबारको फाइनल खेलको प्लेयर अफ दी म्याच मार्सल बराल बने । प्रतियोगिताको बेस्ट प्लेयर अफ द टुर्नामेन्ट उपाधि विजेता टिम लेखनाथ युथ क्लबका दीपक बराल बने । त्यस्तै, माछापुच्छ्रे क्रिकेट क्लबका प्रमोद बास्तोला बेस्ट बलर तथा कास्की क्रिकेट क्लबका आदित्य थापा बेस्ट ब्याट्सम्यान घोषित भए ।
उपाधि विजेता तथा विभिन्न विधामा उत्कृष्ट भएकाहरुलाई पोखरा महानगरपालिका क्रिकेट संघका अध्यक्ष वीरेन्द्र पुन, सदस्य अभिनय श्रेष्ठ लगायतले पुरस्कार वितरण गरे ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया