हङकङमा महिला दिवस

हङकङ । गैरआवासीय नेपाली संघ हङकङ महिला विभाग र नेपाली महिला संघ हङकङद्वारा संयुक्त रूपमा आयोजना गरिएको ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस सम्पन्न भएको छ । नेपाली महिला संघ हङकङकी अध्यक्ष एवं गैरआवासीय नेपाली संघ आईसीसीकी महिला सचिव राधिका गुरुङ ‘टीका’ को अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपालीमूलका विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिति थियो ।
कार्यक्रममा गण्डकी प्रदेशकी सांसद सरस्वती गुरुङ प्रमुख अतिथि थिइन् । गैरआवासीय नेपाली संघ हङकङ महिला विभागकी संयोजक कविता गुरुङले स्वागत मन्तव्य दिएको कार्यक्रममा गैरआवासीय नेपाली संघ हङकङका अध्यक्ष गोकर्ण ढकालले महिलाले गरेका हरेक काममा पुरुषहरूको साथ रहने हुँदा महिला सफल हुन पुरुषको ठूलो हात रहने बताए ।
स्थानीय कलाकार सरला तामाङ, पवित्रा राई, रोशा लिम्बू लगायतले नेपाली हामी बोलको तारादेवीको गीत रोचक ढंगले गाएका थिए । गैरआवासीय नेपाली संघ हङकङका महासचिव अनु राई, डिस्ट्रिक्ट काउन्सिलर अरुणा गुरुङ लगायतले विज्ञान र प्रविधिको युगमा पनि महिलाको अवस्था भने अघिल्लो युगमै रहेको भन्दै चिन्ता व्यक्त गरे ।
हङकङका लागि भारतीय काउन्सिलर सुरभी गोयल, हङकङका लागि नेपाली कार्यवाहक काउन्सिलर सतीश गुरुङ, सरला तामाङ, रोशा लिम्बू, पवित्रा राई को राष्ट्रिय गीत प्रस्तुतिले देशप्रतिको भावना छचल्काएको थियो । पहिलो नेपाली याउ चि माड जिल्ला सदस्य अरुण गुरुङ र समाजसेवी पुष्पा गुरुङ ‘गुरुआमा’ लाई अभिनन्दन गरिएको थियो ।
सामाजिक क्षेत्रमा योगदान दिने फियानो हङकङकी अध्यक्ष कल्पना चाम्लिङ राई, तामाङ घेदुङ संघकी अध्यक्ष अनिता तामाङ, पुन मगर समाजकी अध्यक्ष गोमा पुन, लाघाली समाज हङकङका अध्यक्ष निगम थापा र तमु टो ह्यूला हङकङकी महिला संयोजक भक्ति गुरुङ लगायत पाँच जना महिलालाई सम्मान गरिएको थियो । व्यापारतर्फ चुलो रेस्टुरेन्टकी सञ्चालक पार्वती गुरुङ र बुद्ध लाउन्ज चकलेटकी प्रोप्राइटर गीता क्षेत्रीलाई सम्मान गरिएको छ ।
खेलकुदतर्फ तेक्वान्दोका डान–२ पदवीधारी ‘टप माउन्टेन’ की करुणा प्रधानलाई सम्मान गरिएको छ । संयुक्त जुम्बा टिम र सानासाना नानीहरू को नृत्यबाट मनोरञ्जन गराइएको थियो ।









माझठानाका ९ प्रतिभा सम्मानित
इन्द्रराज्यलक्ष्मीको खेलकुद
स्वावलम्बन जीवन पद्धतिको सभा
पोखराबाट अन्तर्राष्ट्रिय उडान थाल्न मन्त्रीको ध्यानाकर्षण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया