महिला दिवसका अवसरमा प्रशिक्षण एवं सम्मान

पोखरा । ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपाल महिला संघ पोखरा महानगर कार्यसमितिले आयोजना गरेको ‘राजनीतिमा महिला सहभागिताः सम्भावना र चुनौती’ विषयक प्रशिक्षण तथा सम्मान कार्यक्रम आइतबार पोखरामा सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै नेपाल महिला संघ कास्कीकी संस्थापक अध्यक्ष शकुन्तला गुरुङले समाजको आधाभन्दा बढी जनसंख्या ओगटेका महिलाको समान सहभागिताबिना समृद्धि सम्भव नहुने बताइन् । उनले राजनीतिमा महिलाको सहभागिता अनिवार्य रहेको उल्लेख गर्दै आरक्षणको नाममा सक्षम र अवसर प्राप्त गर्न सक्नेभन्दा नयाँ तथा अवसर नपाएका महिलाहरूलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले महिलाहरू राजनीतिमा आउन सक्षम र नेतृत्व विकास सीपयुक्त हुनुपर्ने बताए । उनले कसैको प्रभावमा परेर राजनीति गर्न नसकिने भन्दै, आफ्नो व्यक्तित्व निखार्दै समाजमा प्रभाव पार्ने महिलाहरूलाई राजनीतिक दलहरूले आफैं खोज्ने बताए ।
नेपाल महिला संघ कास्कीकी सभापति मीना पाण्डेले हरेक तहमा महिलाको नेतृत्व आवश्यक रहेको बताउँदै महिला एकजुट हुनुपर्नेमा जोड दिइन् । नेपाली कांग्रेसले नै महिलाको हकअधिकार सुनिश्चित गरेको उनको भनाइ थियो ।
कार्यक्रममा शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल गण्डकी प्रदेशकी अध्यक्ष अधिवक्ता सरिता तिम्सिना पगेनीले ‘राजनीतिमा महिला सहभागिताः सम्भावना र चुनौती’ विषयमा प्रशिक्षण दिइन् ।
कार्यक्रममा लायन्स इन्टरनेसनल जिल्ला ३२५ जे, नेपालका डिस्ट्रिक्ट गभर्नर मिलन थापालाई सम्मानसमेत गरिएको थियो । नेपाल महिला संघ पोखरा महानगर कार्यसमितिकी अध्यक्ष अम्विका ढुंगानाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव कल्पना थापाले गरिन् भने धन्यवाद ज्ञापन उपाध्यक्ष सुधा थापाले गरिन्।








एलिट ट्रफी क्रिकेट प्रतियोगिता ४ गतेदेखि हुने
म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान
उज्ज्वल सहकारीमा दोहोरिए नरेन्द्र
माइडियाका ग्राहकलाई मुम्बई यात्रा उपहार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया