संगम सहकारीमा अनुहारको छाला परीक्षण

पोखरा । संगम बचत तथा ऋण सहकारी संस्था पोखरा १५ ले सदस्यहरुको अनुहारको छाला परीक्षण र स्वास्थ्य सचेतना कार्यक्रम गरेर ११५औं अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ ।
सहकारीको महिला सशक्तीकरण उपसमितिको अगुवाइ र लहना ट्रेड ओरिफ्लेमको प्राविधिक सहयोगमा भएको उक्त कार्यक्रममा सौन्दर्यकर्मी सीता केसीले शरीरलाई स्वास्थ राख्न छालाको पनि महत्वपूर्ण भूमिका हुने र त्यसमा पनि घाम र धुलोसँग प्रत्यक्ष सम्पर्कमा आउने हुँदा अनुहारको छालामा अझ विशेष ध्यान दिनुपर्ने बताइन् । उनले क्रिम लगाउने समय र तरिका बारेमा पनि जानकारी दिइन् । महिला उपसमिति सदस्य दिलमाया केसीले हरेक नारीले आफ्ना कर्तव्यलाई पनि नबिर्सिकन अधिकारको खोजी गर्नुपर्ने बताइन् ।
सो अवसरमा सहकारीका अध्यक्ष नवराज तिवारीले सहकारीमा आवद्ध महिलाहरुले आफ्नो स्वास्थ्यको साथसाथै सहकारीको स्वास्थ्यलाई पनि ध्यान दिएर गरेको आर्थिक कारोबारप्रति आभार प्रकट गरे ।
मेसिनद्वारा निशुल्क छाला परीक्षण गरिएको उक्त कार्यक्रमबाट लाभान्वित सहभागीहरुले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रम ल्याउन आयोजकलाई अनुरोध गरे । सहकारीका सञ्चालक सदस्य एवं महिला उपसमिति संयोजक विष्णुकुमारी थापाको सञ्चालनमा भएको कार्यक्रममा नयाँ सेयर सदस्य विनीता थापालाई खादा लगाई स्वागत गरिएको थियो । सचिव धनराज पुरी र कर्मचारी लीलाकुमारी कार्की पौडेलले पनि बोलेका थिए ।








जेन जी आन्दोलनमा कारागारबाट भागे, पटकपटक चोर्दै हिँडे र पक्राउ परे
पर्यटन प्रवद्र्धनसँगै पोखरा महोत्सवको प्रचार सुरु
निर्वाचन आयोगको प्रतिवेदन पेस
टेवानमा सचेतना
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया