हिलसाइडमा गोल सेटअप र करियर काउन्सिलिङ

समाधान संवाददाता २०८१ फागुन २६ गते २०:०५

पोखरा । भविष्यका विकल्पहरू बुझ्न र सही दिशा चयन गरी इच्छाअनुारको पेसागत निर्णय लिन सक्षम बनाउने उद्देश्यका साथ पोखराको हिलसाइड इङ्लिस स्कुल मालेपाटनमा गोल सेटअप सहित करियर काउन्सिलिङ कार्यक्रम आइतबार भएको छ ।

Advertisement

कक्षा ९ र १० का विद्याथीलाई लक्ष्य गरेर सञ्चालन गरिएको उक्त कार्यक्रममा चरक मेमोरियल अस्पताल नागढुंगा पोखराका डा. अनुप बराल, वयोधा अस्पताल, काठमाडौंका डा. प्रिन्स संग्रौला, ह्याम्स अस्पताल, काठमाडौंका डा. आकाश भुसाल र चितवन मेडिकल कलेजमा बिडिएस अध्ययनरत अपिल बरालले सहजीकरण गरेका थिए ।

विद्यार्थीले आफ्नो इच्छानुसारको क्षेत्र रोजेर अध्ययन गर्दै गोल सेटअप गर्ने प्रक्रिया र महत्वका विषयमा छलफल गरिएको उक्त कार्यक्रममा विभिन्न पेसागत अवसरहरू र तिनीहरूका समय सान्दर्भिक आवश्यकताका बारेमा जानकारी दिइएको थियो । यसका साथै भविष्यमा सफल बन्नका लागि आवश्यक सिप र गुणहरूको बारेमा सहभागीलाई अवगत गराइएको उक्त कार्यक्रममा सफल करियर बनाउने कार्यमा सहभागी हुँदा आइपर्ने चुनौती र अवरोधहरू पार गर्नका लागि मानसिक तयारी र रणनीतिहरू बनाउनुपर्ने व्यक्त गरिएको थियो ।

विद्यालय तहमा आयोजना गरिने यस्ता कार्यक्रमले विद्यार्थीलाई शिक्षाको महत्व र शिक्षा प्राप्तिसँगै लक्ष्य निर्धारण गर्दै सबल व्यक्तित्वसहितको करियर बनाउन ठूलो भूमिका खेल्ने सहभागीहरूले बताएका थिए ।

विद्यालयका प्राचार्य डिल्लीराम भट्टराईले स्वागतका साथ सहजकर्ताप्रति आभार व्यक्त गर्दै विद्यार्थीलाई विज्ञान, गणित, साहित्य, कला, इन्जिनियरिङ, मेडिकल आदि जस्ता विभिन्न करियर विकल्पहरूका बारेमा जानकारी दिने यस्ता कार्यक्रमहरू सम्बन्धित क्षेत्रका विशेषज्ञहरूका माध्यमबाट हिलसाइडले समय समयमा आयोजना गर्दै जाने कुरा व्यक्त गरे ।

Advertisement

तपाईको प्रतिक्रिया