जुत्ता व्यवसायी संघ कास्कीको साधारण सभा सम्पन्न

पोखरा । जुत्ता व्यवसायी संघ कास्कीको आठौं वार्षिक साधारण सभा कार्यक्रम भएको छ ।
कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका ८ का वडा अध्यक्ष रूद्रनाथ बरालले एउटा व्यावसायिक संस्थाले आफ्ना सदस्यहरुको हक हितको लागि धेरै राम्रो काम गरेकोमा बधाई दिँदै आगामी दिनमा पनि संघले राम्रो कामलाई निरन्तरता दिनको लागि शुभकामना दिएका थिए ।
कार्यक्रममा जुत्ता व्यवसायी संघ कास्कीका अध्यक्ष हेमकृष्ण श्रेष्ठले संघका सम्पूर्ण सदस्यहरुको सहयोगले आफ्नो पहिलो वर्षको कार्यकाकालमा दुर्घटना बिमा,स्वाथ्य उपचरमा छुट,रक्तदान लगायत धैर राम्रा कामहरु भएको बताए । अध्यक्ष श्रेष्ठले वर्ष भरि गरेको उपलब्धिसहित संघको बारेमा प्रकाश पारेका थिए ।
कार्यक्रममा नेपाल माइक्रो इन्स्योरेन्स पोखरा सभागृहका शाखाका प्रमुख श्रीकृष्ण पौडेलले दुर्घटना बिमाको बारेमा व्यवसायीलाई जानकारी गराएका थिए । कार्यक्रममा संघका निर्वतमान अध्यक्ष सस्थापक अध्यक्ष संघका पूर्व अध्यक्ष एवम् सल्लाहकारहरु लगायतले बोलेका थिए ।
पोखरा १८ मेथलाङमा भएको उक्त साधारणसभा कार्यक्रममा संघका सदस्यबी रमाइलो वनभोज कार्यक्रम समेत गरिएको थियो । संघका अध्यक्ष हेमकृष्ण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा र्सघका उपाध्यक्ष लिलाम्बर सुवेदीले धन्यवाद ज्ञापन गरेका थिए भने सघका महासचिव मुक्तिप्रसाद पनेरुले कार्यक्रम सन्चालन गरेका थिए ।








निर्वाचन ७८ दिन बाँकी : चुनाव प्रचारमा १० वटा मात्रै झण्डा, घरदैलोमा २५ जनाभन्दा बढी जान नपाइने
पोखरा महानगरले आज ६७औँ स्थापना दिवस मनाउँदै, ९ जनालाई ‘नवरत्न’ सम्मान
पोखरा विमानस्थल आयोजना प्रमुख मुनकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा, साढे २ करोड बिगो दाबी
फेदीमा दोभान कप सुरु
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया