पर्वतमा यसवर्ष आलु उत्पादन वृद्धि हुने अनुमान

पर्वत । आलु खेतीको क्षेत्रफल विस्तारसँगै अनुकूल मौसमका कारण यस वर्ष जिल्लामा आलु उत्पादन वृद्धि हुने अनुमान गरिएको छ ।
आलु उत्पादनमा जिल्लालाई आत्मनिर्भर बनाउने उद्देश्यले गत वर्षदेखि सुरु भएको खायन आलु विस्तार कार्यक्रमअन्तर्गत यही हिउँदमा एक हजार ४५० हेक्टर क्षेत्रफलमा आलुखेती गरिएको थियो ।
यस वर्ष प्रतिहेक्टर १५ मेट्रिक टनका दरले आलु उत्पादन हुने कृषि ज्ञान केन्द्रको अनुमान छ । जसअनुसार हिउँदमा मात्र करिब २२ हजार मेट्रिक टन आलु उत्पादन हुने कृषि ज्ञान केन्द्रका प्रमुख परशुराम अधिकारीले जानकारी दिनुभयो । सरदर प्रतिकेजी रु ४० का दरले किसानले आलु बिक्री गर्दा करिब रु ८७ करोड आम्दानी हुने अनुमान छ ।
जिल्लामा गत आर्थिक वर्ष २०८०/८१ मा एक हजार ३९० हेक्टर क्षेत्रफलमा आलुखेती गर्दा २० हजार ३३० मेट्रिक टन आलु उत्पादन भएको थियो ।
कृषि ज्ञान केन्द्रका सूचना अधिकारी सोविता सुवेदीका अनुसार विभिन्न पकेट क्षेत्रमा ६१ वटा कृषक समूहलाई आलु उत्पादनमा रु एक करोड ४७ लाख अनुदान वितरण गरिएको छ । बीउ खरिदमा ७० प्रतिशत, यान्त्रिकीकरणमा ५० प्रतिशत, सिँचाइ पूर्वाधारमा ८५ प्रतिशत र बजारीकरण तथा ‘प्याकेजिङ’मा ७५ प्रतिशत अनुदान दिइएको सूचना अधिकारी सुवेदीले बताउनुभयो ।
जलजला गाउँपालिकाका १६ कृषक समूहले आलु उत्पादनमा अनुदान लिएका छन् । अनुदान पाउन कम्तीमा कृषक समूहले ३० रोपनी बढी क्षेत्रफलमा सामूहिक आलुखेती गरेको हुनुपर्छ ।
मोदी गाउँपालिकाका–४, ५, ६, ७, ९ स्थित लेसपार, क्याङ, छापा, बाजुङलगायत करिब ४५० रोपनी क्षेत्रफलमा आठ कृषक समूहले खायन आलुखेती गरेका छन् । कुश्मा नगरपालिकाका आलु पकेट क्षेत्र पाङ, खुर्कोट, आर्थरलगायतमा २२५ रोपनी बढी क्षेत्रफलमा कृषकहरुले आलु गरिरहेका छन् । फलेवास नगरपालिकाको मुडिकुवा, शङ्करपोखरी, कुर्घा, लिमिठाना, चिर्दीखोलालगायतका किसानले २२० रोपनी क्षेत्रफलमा सामूहिक आलुखेती गरेका छन् ।
यसैगरी, दक्षिण पर्वतको पैयूँ गाउँपालिकाको हुवास क्षेत्र, महाशिला गाउँपालिकामा ६ वटा कृषक समूह आलुखेती गरिरहेका छन् ।
कृषि ज्ञान केन्द्र प्रमुख परशुराम अधिकारीले गत वर्षभन्दा यस वर्ष आलु उत्पादन वृद्धि हुने बताउनुभयो । हाल कृषकहरु आलु खन्ने चटारोमा रहेकाले अबको एक महिनापछि आलु उत्पादनको यकिन तथ्याङ्क प्राप्त हुने उहाँले बताउनुभयो । रासस







मन्त्री खरेलद्वारा एनसेलको पोखरा डाटा सेन्टर अवलोकन, भोल्टे क्षमता अभिवृद्धि परियोजनाको उदघाटन
रास्वपाको समानुपातिक सूची आयोगमा : बालेन र कुलमानसँग सहकार्य, ज्ञानेन्द्र मल्लदेखि प्रकाश सपूतसम्म समेटिए- पूर्ण सूचीसहित
चुनाव आउन ६५ दिन बाँकी : उम्मेदवारले २५ देखि ३३ लाखसम्म खर्च गर्न पाउने
आन्दोलनमा जलेको कास्की मालपोतलाई ४ बैंकको सहयोग : कम्प्युटर र प्रिन्टर हस्तान्तरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया