ग्रिनको प्रमुख कार्यकारीमा हरि
समाधान संवाददाता
२०८१ फागुन २७ गते १९:०७

पोखरा । ग्रिन डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा हरिबहादुर बुढाथोकी पुनः नियुक्त भएका छन् । मंगलबार बसेको बैंकको सञ्चालक समितिको बैठकले बुढाथोकीलाई आगामी ४ वर्षका लागि नियुक्त गरेको हो ।
त्रिभुवन विश्वविद्यालयवाट बाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका बुढाथोकीसँग बैंकिङ क्षेत्रमा काम गरेको दुई दशक बढीको अनुभव छ । बुढाथोकीकोे पुनः नियुक्तिले ग्राहकलाई समय सापेक्ष थप प्रविधिमैत्री बैकिङ सेवा, सुविधा प्रवाह गरी बैंकको समग्र व्यवसाय र प्रतिफललाई वृद्धि गरि बैंकलाई थप उचाईमा पु¥याउने विश्वास लिइएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया