मारिया मन्टेसरीको अभिभावक दिवस

पोखरा । पोखरा ७ मासबारमा रहेको मारिया मन्टेसरी प्रि स्कुल एन्ड चाइल्ड केयर सेन्टरको छैटौं अभिभावक दिवस तथा दीक्षान्त समारोह भएको छ । कार्यक्रममा युकेजीका २२ बालबालिका दीक्षित भए ।
कार्यक्रममा पोखरा ७ का वडाध्यक्ष राममोहन आचार्य छोटो समयमै मारिया मन्टेसरी स्थापित शैक्षिक संस्थाका रुपमा प्रस्तुत भएको बताए । उनले भौतिक पूर्वाधार र संरचनाका हिसाबले वडा नं.७ मा मात्र नभएर सिंगो महानगरपालिकाकै उत्कृष्ट मन्टेसरीमा पर्ने जनाए ।
पोखरा महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले बाल शिक्षाका लागि विद्यालयलाई सिकाइको थलो बनाउनुपर्नेमा जोड दिए । शिक्षा अधिकृत रामप्रसाद तिवारीले मन्टेसरीले बालबालिकामा निराशा होइन, आशा जगाउँदै प्रतिभा उजागर गर्न उत्प्रेरणा दिनुपर्ने विचार राखे ।
मारियाका अध्यक्ष विष्णुहरि बरालको अध्यक्षतामा भएको कार्यक्रममा मन्टेसरी एसोसियसन कास्की अध्यक्ष भवानी अधिकारी बराल, अभिभावकहरु भोजराज तिवारी र नितु पौडेल, प्राचार्य मिना सपकोटा र शिक्षक चन्दा गुरुङले बोलेका थिए ।
तपाईको प्रतिक्रिया