सुकुम्बासी वस्तीमा कानुनी सचेतना

पोखरा । पोखरा १४ चाउथे तल्लो शान्ति टोल विकास संस्थामा आवद्ध सुकुम्बासी बस्तीमा कानुनी सचेतना कार्यक्रम सम्पन्न भएको छ । मंगलबार भएको कानुनी सचेतनामा कानुनका विद्यार्थी सविना अधिकारीले संविधानले भूमि सम्बन्धी दिएको अधिकार तथा समग्र विषयमा प्रशिक्षण दिएकी थिइन् । संस्थाकी कर्मचारी रुपा राईले सञ्चालन गरेको तालिम सामूदायिक सेवा केन्द्रका अध्यक्ष शिवराज अधिकारीको अध्यक्षतामा भएको थियो ।
भूमिहीन तथा आवासविहीन व्यक्तिहरुका लागि १ दिने कानुनी सचेतना कार्यक्रम आयोजना गरेर संस्थाले सामाजिक उत्तरदायित्व वहन गरेको जनाएको छ । सामूदायिक विकास केन्द्र नेपाल पोखरा ६ ले आयोजना गरेको कार्यक्रममा भूमिहिन नागरिकलाई आवश्यक सेवा सुविधा उपलव्ध गराउन सामूदायिक सेवा केन्द्रले पहल गरिरहेको जनाएको छ ।
करिब ३० जना अगुवा नागरिक सहभागी तालिममा समुन्नत समाज निर्माणमा सवैको भूमिका समान हुने केन्द्रका सदस्य केदार धमलाले जानकारी दिएका थिए । प्रशिक्षण दिँदै धमलाले स्वास्थ्य बीमा कार्यक्रममा सहभागिता जनाएर स्वास्थ्य सचेतनालाई प्राथमिकता दिन आग्रह गरेका थिए ।







लमजुङ सभापति गुरुङले दिए नवनिर्वाचित सभापति गगन थापालाई बधाई
कांग्रेस नेता राजेन्द्र बजगाईं गोरखा १ बाट चुनाव नलड्ने
तनहुँमा जोशी समूहको भेला: २ वटा क्षेत्रमा स्वतन्त्र उम्मेदवार सिफारिस
रास्वपा प्रवेश गरेका सुधन गुरुङ गोरखा १ बाट चुनाव लड्ने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया